‘कुुली नम्बर वान’ को ट्रेलर सार्वजनिक, वरुण धवन र सारा अली मुख्य भूमिकामा
वरुण धवन र सारा अली खान अभिनित फिल्म कुली नम्बर वानको ट्रेलर रिलिज भएको छ । फिल्मको ट्रेलर कमेडीले भरिपूर्ण छ । ट्रेलरमा वरुण धवन अलग–अलग चरित्रमा देखिएका छन् । त्यस्तै, सारा अली खानको कमेडी र क्युटनेस दुुबै उत्कृष्ट देखिएको छ ।
ट्रेलर हेरेपछि निर्देशक डेभिन धवनले फिल्मलाई मनोरञ्जनात्मक बनाउन कुनै कसर बाँकी राखेका छैनन् भन्ने स्पष्ट हुन्छ । फिल्ममा परेश रावलले सारा अली खानका बाबुको भूमिका निभाएका छन् । त्यस्तै, जोनी लिवरको कमेडीले पनि निकै हसाउँछ ।
यो फिल्म १ मेईमै सिनेमा घरमा रिलिज हुने तय थियो, तर कोरोना भाइरसका कारण रिलिज मिति स¥यो । यद्यपी, अब फिल्म निर्माताले ओटीटी प्लेटफर्म अमेजन प्राइममार्फत यो फिल्म रिलिज गर्ने निर्णय लिएका छन् ।
फिल्ममा जावेद जाफरी, राजपाल यादवलगायतका कलाकारहरु पनि छन् । २५ डिसेम्बर २०२० मा अमेजन प्राइम भिडियोमा फिल्म कुली नम्बर वान रिलिज हुनेछ । १९९५ मा प्रदर्शनमा आएको ‘कुली नम्बर वान’ को रिमेक हो, अहिलेको फिल्म । गोविन्दा र करिश्मा कपूर यसअघि मुख्य भूमिका थिए । यस फिल्मलाई पनि डेविड धवनले नै निर्देशन गरेका थिए ।
यद्यपी, अहिलेको फिल्म पुरानो फिल्मभन्दा केही फरक हुने वरुणले एक अन्तर्वार्ताका दौरान बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
-
इजिप्टले लियो सुरुवाती अग्रता
-
१२ बजे १२ समाचार : निगमका कर्मचारीको ओभरटाइम भत्ता काटियो, सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण