पाल्पामा ‘परदेशी २’
आइतबार, १४ मङ्सिर २०७७, ११ : ३१
काठमाडौं । ‘परदेशी २’ सुटिङका लागि पाल्पा पुगेको छ । कोरोना महामारीका कारण गत बर्षको चैत्रमा रोकिएको फिल्मको सुटिङ फेरि सुरु भएको हो ।
केही दिनको काठमाडौ छायाँकन पछि फिल्म युनिट सुटिङका बिहिबार पाल्पा पुगेको हो ।
दीलिप रायमाझी, प्रकाश सपुत, प्रशान्त तामाङ, केकी अधिकारी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लू लगायतका कलाकारको मुख्य भुमिका रहेको फिल्म पाल्पाको माथागढीको झडेवा, कसेनी लगायतका स्थानमा छायाँकन हुने निर्देशक नारायण रायमाझीले बताए ।
१७ गतेसम्म फिल्मको छायाँकन पाल्पामै हुने बताइएको छ ।
लकडाउन अघि ७० प्रतिशत छायाँकन सकिएको फिल्मको अहिले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर बाँकी छायाँकन गर्न लागिएको हो । रमेश विजीको लेखन, निर्देशक रायमाझी र राजेश वंशलको निर्माण फिल्ममा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण