पूर्वी नेपालबाट ‘कृष्ण–लीला’ सुरु
काठमाडौं । फिल्म ‘कृष्ण–लीला’को सुटिङ सुरु भएको छ । दशै अगाडि एक कार्यक्रमका बीच निर्माण घोषणा भएको फिल्मको सुटिङ शुक्रबारदेखि पूर्वी नेपालको झापाबाट सुरु भएको हो ।
फिल्मको सोमबार भने इलाममा सुटिङ भईरहेको छ । दीपक ओलीको निर्देशन र लक्ष्मण सुवेदीको लेखन रहेको फिल्मको यतिबेला ‘कुनै दिन यस्तो पनि जिन्दगानी’ बोलको रोमान्टिक गीत छायाँकन भइरहेको कार्यकारी निर्माता रत्न श्रेष्ठले जानकारी दिए ।
गीतमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा श्रेत्री रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । अन्जु पन्त र सुगम पोखरेलको स्वर र अर्जुन पोखरेलको संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामीछानले गरेका हुन् ।
आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘कृष्ण–लीला’मा पुष्प र श्रद्धाको अलवा बुद्धि तामाङ, रबिन्द्र झा, नविन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकारको मुख्य भुमिका रहनेछ । फिल्मको सम्पूर्ण छायांकन पूर्वी नेपालमै सकाइने निर्माण जुनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण