हट सिनमा जब अनियन्त्रित जोनले फुटाइदिएका थिए कंगनाको चुरा
थुपैै पटक फिल्म छायांकन गर्नेबेला कलाकार आफ्नो क्यारेक्टरमा यति डुब्छन् कि उनीहरुले आफू अभिनय गरिरहेका छन् भनेर बिर्सन्छन् । यसैलाई अभिनयको कमाल भनिन्छ । यस्तै, एउटा घटना भएको थियो फिल्म सुटआउट एट वडालाको सुटिङका बेला । यो फिल्मलाई सञ्जय गुप्ताले निर्देशन गरेका थिए । जोन अब्राहम, अनिल कपुर, कंगना रनौत, तुषार कपुर, मनोज बाजपेयी, सोनू सूद, रोनित रोय, महेश मांजरकेर, ज्याकी श्रोफजस्ता स्टार कलाकारले फिल्ममा अभिनय गरेका थिए । यतिमात्रै होइन, प्रियंका चोपडा, सनी लियोनी र सोफी चौधरीको आइटम गीत पनि फिल्ममा थियो । यद्यपि, फिल्मले केही कमाल गर्न सकेन ।
यो फिल्ममा जोन अब्राहमले मान्या सुर्वेको भूमिका निभाएका थिए जो अन्डर्वर्ल्डसँग सम्बन्धित छन् । जोन र कंगनाबीच एक अंतरंग सीन पनि फिल्मको प्रमुख आकर्षक थियो । जब यो फिल्म रिलिज हुँदै थियो तब खबर आएको थियो कि सीनको दौरान जोन यति अनियन्त्रित भएका थिए अथवा भूमिकामा यति हराएका थिए कि कंगनाको चुरा नै फुटाइदिएका थिए । यद्यपि, यो कुरा फिल्मको पब्लिसिटीका लागि गरेका थिए वा साँच्चै भनिएको थियो, यसबो थाहा भने छैन ।
बेडमा छायांकन गरिएको यो दृश्यमा जोनले कंगनाले चुरा फुटाइदिएपछि उनको हातमा घाउ लागेको थियो । फिल्मसँग सम्बन्धित स्रोतका अनुसार यो दृश्यलाई निकै सौन्दर्यपरकताका साथ सुट गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिरिक्त समयमा अर्जेन्टिनाले अग्रता बनायो
-
केप भर्डेले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा धकेल्यो
-
केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण