पाकिस्तानमा कोरोना कहरः सक्रिय संक्रमितको संख्या ५० हजार नाघ्यो
एजेन्सी । पाकिस्तानमा पछिल्लो समयमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यहाँका स्थानीय अधिकारी र सो मन्त्रालयले राजधानी इस्लामावादसहित यहाँका अरु पनि शहरहरुमा पछिल्लो समयमा यस भाइरसका संक्रमितहरु बढ्न थालेको जनाएका हुन् ।
बिहीबार मात्र यहाँका अधिकारीहरुले दिएको जानकारीमा यहाँका कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ५१ हजार ६५४ जना पुगेको छ । अधिकारीहरुले यहाँ कोरोना भाइरसको दोस्रो वेभ आएको पनि बताएका छन् । जसबाट यहाँका नागरिकमा पछिल्लो समयमा भाइरसको त्रास बढ्दै गएको पाइएको छ । े
यहाँको राष्ट्रिय जियो टेलिभिजन संस्थाले दिएको जानकारीअनुसार गएको २४ घन्टामा मात्र पाकिस्तानमा तीन हजार ४९९ जना नयाँ संक्रमित थपिएका छन् । पाकिस्तानका सञ्चारमाध्यमहरुले पाकिस्तानमा पछिल्लो समयमा भाइरसका संक्रमितहरु बढ्न थालेका र यहाँ कोरोना भाइरसको सेकेन्ड वेभ आएको बताएका छन् ।
यहाँ कोरोना भाइरसका संक्रमितहरुको संख्या ४ लाख छ हजार ६१६ पुगेको यहाँका स्थानीय अधिकारी तथा स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध तथ्यांकहरुमा उल्लेख गरिएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण