शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

बलिउडका चर्चित कलाकार रवि पटवर्धनको निधन

आइतबार, २१ मङ्सिर २०७७, २० : ३१
आइतबार, २१ मङ्सिर २०७७

हिन्दी, मराठी फिल्म तथा टिभी सिरियलका चर्चित कलाकार रवि पटवर्धनको निधन भएको छ । ८३ वर्षीय रविको आइतबार बिहान हृदयघातको कारण निधन भएको हो । 
पछिल्लो केही समयदेखि मुटुको समस्याबाट पीडित उनले शनिबार राति सास फेर्न गाह्रो भएको बताएका थिए । त्यसपछि उनलाई एक निजी अस्पतालमा भर्ना गरिएको थियो । तर, उनको स्वास्थ्यमा सुधार हुन सकेन ।
यस अगाडि मार्च महिनामा पनि उनलाई हार्ट अट्याक आएको थियो । 

रविको हिन्दी, मराठी फिल्मको साथसाथै रंगमञ्चमा पनि धेरै योगदान रहेको छ । फिल्म तथा टेलिसिरियलमा धेरैजसो हजुरबुबाको भूमिकामा देखिँदै आएका रविले २०० बढी फिल्म र १५० बढी नाटकमा काम गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप