शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

खोल्सामा नवजात शिशु मृत फेला

बुधबार, २४ मङ्सिर २०७७, १० : ४९
बुधबार, २४ मङ्सिर २०७७

बुटवल  । गएराति पाल्पाको प्रहरीले बगनासकाली स्वास्थ्य चौकी नजिकै खोल्सामा फालिएको अवस्थामा एक नवजात शिशु मृत फेला पारेको छ ।

बगनासकाली गाउँपालिका –१ खोरबारी भन्ने स्थानमा रहेको हेल्थ पोष्ट नजिकैको खोल्सामा नवजात शिशु (छोरा) मृत फेला पारिएको पाल्पाका प्रहरी प्रबक्ता डिएसपी मदन गिरिले दिएको सूचनामा उल्लेख छ ।

अनुसन्धान गर्दै जाँदा उक्त नवजात शिशु तानसेन नगरपालिका –१४ घर भई बगनासकाली गाउँपालिका –३ स्थित माईती घरमा बस्दै आएकी २६ बर्षीया हुमा कुमारी दर्जीले फालेको खुल्न आएकोले निज महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्न लागिएको पाल्पाकाको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप