शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जो बाइडेनका छोरा हन्टर बाइडेनले कर छली गरेको भन्दै अनुसन्धानको दायरामा

बिहीबार, २५ मङ्सिर २०७७, ०६ : ५१
बिहीबार, २५ मङ्सिर २०७७

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले आफूमाथि अनुसन्धान चलिरहेको जानकारी दिएका छन् । उनीमाथि कर छलीको आरोप लागेको छ । 

उनको यो अनुसन्धान अमेरिकाको डेलावेयर राज्यमा चलिरहेको छ ।

हन्टर बाइडेनले आफूले यो विषयलाई निकै गम्भीरताका साथ लिइरहेको बताउँदै आफूले करको विषयलाई कानूनी र सही ढङ्गले ह्यान्डल गरिरहेको कुरा अनुसन्धानले स्पष्ट गर्ने कुरामा आफू ढुक्क भएको बताएका छन् । 

बाइडेन–ह्यारिसको ट्रान्जिसन समूहले नव निर्वाचित राष्ट्रपतिलाई आफ्नो छोरामाथि निकै गर्व भएको जानकारी दिएको छ । 

समूहले एक बयानमा भनेको छ, ‘हन्टर मुश्किल चुनौतीसँग लडिरहेका छन् जसमा पछिल्ला महिनामा उनीमाथि एक विद्वेषपूर्ण व्यक्तिगत हमला पनि भएको छ ।’

हन्टरले आफूलाई अनुसन्धानबारे मंगलबार थाहा भएको बताएका छन् । उनले योभन्दा बढी कुनै जानकारी साझा गरेनन् । 

सन् २०२० को चुनाव अभियानमा हन्टर रिपब्लिकन पार्टीको निशानामा थिए । 

यो वर्षको सुरुवातमा जब डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको मुद्दा चलाइएको थियो तब पिता उप–राष्ट्रपति हुँदा हन्टर बाइडेन एक युक्रेनी ऊर्जा कम्पनीको बोर्डमा समावेश थिए भन्ने विषय पनि छानबिनको दायरामा आएको थियो । 

ट्रम्पले युक्रेनमाथि हन्टर बाइडेनको अनुसन्धानका लागि दबाब दिएको र यस्तो नगरे सैन्य मद्दत रोक्ने चेतावनी पनि दिएको आरोप लागेको छ । डेमोक्रेटक पार्टीको बहुमत भएको सदनले ट्रम्पमाथि महाभियोग चलाएको थियो तर रिपब्लिकनको बहुमत भएको सिनेटमा उनी बचेका थिए । 

हन्टरको कर छलीको अनुसन्धानको खबर यस्तो समय आएको छ जब नव निर्वाचित राष्ट्रपति आफ्नो मन्त्रीमण्डलका लागि नाम सार्वजनिक गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप