गुगल सर्चमा बलिउडबाट पहिलो स्थानमा कनिका
मुम्बई । बलिउडमा सबैभन्दा पहिले कोरोना संक्रमित हुने सेलिब्रेटी हुन् गायिका कनिका कपुर । यसैको कारण कनिका गुगलमा सबैभन्दा बढी सर्च हुने ब्यक्तिको लिष्टमा समेत परेकी छन् । गुगलले हालै वर्षभरिको सर्च रिजल्ट सार्वजनिक गरेको छ । जसमा बलिउडबाट सबैभन्दा पहिलो स्थानमा कनिक कपुरको नाम सामेल छ ।
गुगलले सार्वजनिक गरेको डाटाको पहिलो स्थानमा अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेन रहेका छन् । बलिउडको कुरा गर्दा कनिका सबैभन्दा बढी सर्च गरिएकी छन् । कनिकाको अलवा यो लिष्टमा अमिताभ बच्चन, कंगना रनौत, रिया चक्रवर्ती र अंकिता लोखन्डे जस्ता ठुला स्टार समेत रहेका छन् ।
देशमा कोरोना संक्रमण सुरुवातको क्रममै कनिका कोरोना संक्रमित भएकी थिइन् । उक्त समय कनिका आलोचित पनि भएकी थिइन् । किनभने कोरोना पोजेटिभ भएपनि उनले केही पार्टी र कार्यक्रममा पनि सहभागीता जनाएकी थिइन् । सामाजिक सञ्जालमा उनको धेरै आलोचना पनि भएको थियो । त्यसपछि उनी केही दिन अस्पतालको आइसोलेनमा बसेर पुरै ठिक भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिरिक्त समयमा फेरि बराबरी: केप भर्डेले अर्जेन्टिनालाई पुनः झट्का दियो
-
अतिरिक्त समयमा अर्जेन्टिनाले अग्रता बनायो
-
केप भर्डेले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा धकेल्यो
-
केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण