आमिर खानका छोरा बलिउडमा यशराज फिल्म्सको ब्यानरमा बन्ने फिल्ममार्फत् डेब्यू गर्दै, यी हुनेछिन् नायिका
बलिउडका मिस्टर परफेक्सननिष्ट भनिने आमिर खानका छोरा जुनैद खान चाँडै नै आफ्नो बलिउड डेब्यू गर्दैछन् । खबरका अनुसार जुनैद, यशराज फिल्म्सको ब्यानरमार्फत् बन्ने फिल्मबाट डेब्यू गर्नेछन् । जुनैदको डेब्यू फिल्ममा उनकी हिरोइन ‘अर्जुन रेड्डी’ बाट चर्चा कमाएकी शालिनी पाण्डे हुनेछिन् ।
यशराजसँग शालिनीले डील साइन गरेकी छिन् ?
रिपोर्टलाई विश्वास गर्ने हो भने जुनैदकी नायिकाको रुपमा तेलुगुको सुपरहिट फिल्म ‘अर्जुन रेड्डी’ की प्रिति अर्थात् शालिनी पाण्डेलाई साइन गराइएको छ । शालिनीले यशराज फिल्म्ससँग तीनवटा फिल्मको डिल साइन गरेको बताइन्छ । शालिनी पाण्डे बलिउडमा रणवीर सिंहको फिल्म ‘जयेशभाई जोरदार’ बाट डेब्यू गर्ने तयारीमा छिन् । उनको दोस्रो फिल्म जुनैदको डेब्यू फिल्म हुने पनि बताइएको छ ।
यो फिल्ममा यीबाहेक शरवारी बाघ पनि हुनेछन् जो बन्टी और बबली २ बाट डेब्यू गर्ने खबर छ । खबरका अनुसार यो फिल्मको सुटिङ सन् २०२१ बाट सुरु हुनेछ र यसलाई सिद्धार्थ मलहोत्राले निर्देशन गर्नेछन् । सिद्धार्थले रानी मुखर्जीको फिल्म हिचकीको निर्देशन गरेका थिए । यद्यपि, अहिलेसम्म जुनैदको डेब्यू फिल्मको विषयमा आधिकारिक रुपमा केही भनिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण