बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

रौतहटमा चिसोले कठ्याङग्रिएर एकको मृत्यु

शनिबार, २७ मङ्सिर २०७७, १६ : ३०
शनिबार, २७ मङ्सिर २०७७

रौतहट ।  पछिल्लो केही दिनदेखि तराईमा बढेको चिसोको कारण रौतहटमा कठ्याङ्ग्रिएर एक पुरुषको मृत्यु भएको छ ।

अत्यधिक चेकोको कारण  कटहरीया नगरपालिका वडा नम्वर २ जमुनिया घर भएका  ६५ वर्षीय सुखारी सिंहको शनिबार मृत्यु भएको हो  ।

मृतक सिंह श्रीमतिसँगै बिगत केही समयदेखि चन्द्रपुर नगरपालिका वडा नम्वर ६ बजारस्थित घनश्याम साहको घरको पेटीमा बस्दै आएका थिए ।  सोही घरको पेटीमा सुतेको ठाउँमा चिसोले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले  जानकारी दिएको छ ।

मागेर गुजारा चलाउदै आएका सिहंकी श्रीमती पनि आँखा नदेख्ने भएकाले श्रीमानको मृत्युसँगै उनको पनि विचल्ली भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप