गीत
हामी क्रिकेट खेलाडी
आइतबार, २८ मङ्सिर २०७७, ११ : १९
–ई. राकेश कार्की
हाम्रो नेपाल हाम्रो झण्डा
हामी क्रिकेट खेलाडी
हामी हिमाली हामी मधेसी
हामी नै हौँ पहाडी
सबै दर्शकको आशा हामी
सबै नेपालीको भाषा हामी
प्रशंसकको उत्साहको गीत
बढाउँदै मनोबल हाम्रो जित
हाम्रो मेची र महाकाली
हाम्रो नै चारकोसे झाडी
हाम्रो नेपाल हाम्रो झण्डा
हामी क्रिकेट खेलाडी
राष्ट्रियताको भावना हामी
हरेक खेलको चाहना हामी
प्रत्येक विकेट र रन गन्दै
बलिङ ब्याटिङले विश्व उछिन्दै
हाम्रो पसिना हाम्रो रगत
हाम्रो मुटुको एउटै नाडी
हाम्रो नेपाल हाम्रो झण्डा
हामी क्रिकेट खेलाडी
हाम्रो नेपाल हाम्रो झण्डा
हामी क्रिकेट खेलाडी
हामी हिमाली हामी मधेसी
हामी नै हौँ पहाडी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण