ईलेक्ट्रिक अटो ‘निम–जी’ नेपाली बजारमाः एकपटकको फूलचार्जले १३० किमी गुड्ने
काठमाडौं । भारतीय अटो कम्पनी केरेला अटोमोबाइल्स लिमिटेडको उत्पादन ईलेक्ट्रिक अटो ‘निम–जी’ नेपाली बजारमा आएको छ । एक पटकको फूलचर्जमा अधिकतम १३० किलोमिटर गुड्ने निम–जी हिमालयन कम्पनीको सिस्टर कम्पनी हिमालय मोटराडले नेपाली बजारमा ल्याएको हो ।
कम्पनीले आइतबार राजधानीमा एक समारोहको आयोजना गर्दै निम–जी ईलेक्ट्रिक अटो सार्वजनकि गरेको छ । निम–जी सार्वजनिक गर्दै कम्पनीका चेयरम्यान धुर्व थापाले पहिलो पटक नेपालमा ग्रामीण परिवेश सुहाउँदो उत्कृष्ट र पावरफूल ईलेक्ट्रिक अटो आएको बताए । यस अटोले पर्यावरिणीय सन्तुलनमा निकै लाभदायी हुनुका साथै फ्यूल खर्चमा समेत मितवियी रहको थापाको भनाई छ ।
त्यसो त उक्त इलेक्ट्रिक अटोको खर्च प्रतिकिलोमिटर ७५ पैसा मात्र पर्ने कम्पनीको दाबी छ । ३ घण्टा ५५ मिनटमा फूलचार्ज हुने निम–जीको व्याट्रिमा कम्पनी ३ वर्ष वा १५ सय लाइफ साईकलको वारेन्टी दिएको छ भने केहि समय पछि थप ८ वर्षको वारेन्टी दिने तयारी गरेको बताएको छ ।
सोही अटो बारे थप प्रकाश पार्दै केरेला अटोमोवाइल्सको तर्फबाट आएका प्रतिनिधि फरोज खानले अब निकट भविष्यमै निम–जीको ब्याट्रीमा ८ वर्षको वारेन्टी दिने गरी तयारी थालिएको जानकारी दिए । हाल निम–जी नेपाली बजार मूल्य ८ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व विभागले भन्याे– असार महिनाको विद्युत् खपतमा भ्याट लाग्दैन
-
सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
-
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
-
तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
-
सिलिन्डर साट्दा चाप देखिएको हो, ग्यास अभाव छैन : ग्यास उद्योग संघ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण