क्रिसमसको सपिङ गर्न उर्लियो भीड, जर्मनी चाडबाडको बीचमा लकडाउन गर्न बाध्य
कोरोनाभाइरस संक्रमण र यसको खतरालाई मध्यनजर गर्दै जर्मनीमा क्रिसमसका बेला कडा लकडाउनको आह्वान गरिएको छ ।
जर्मनीभरी बुधबारदेखि नै अत्यावश्यकमा नपर्ने पसल बन्द गरिनेछ । साथै स्कूल पनि बन्द गरिनेछ ।
चान्सलर एंगेला मर्केले क्रिसमस अघि सपिङका लागि उर्लिएका भीडका कारण यस्तो गर्न बाध्य भएको जानकारी दिएकी छिन् ।
जर्मनीमा १६ डिसेम्बरदेखि १० जनवरीसम्म लकडाउन हुनेछ ।
देशका १६ राज्यका नेतासँगको छलफलपश्चात् जर्मन चान्सलरले यो मामिलामा तत्काल कारवाही गर्न आवश्यकता भएको बताइन् ।
जर्मनीमा रेष्टुरेन्ट, बार र मनोरञ्जन स्थल नोभेम्बरदेखि नै बन्द छन् र देशका केही भाग लकडाउनको स्थितीमा आफै पुगेका छन् ।
देशव्यापी लकडाउनका बेला बैंक र खाद्य पदार्थ पाइने पसल खुल्ला रहनेछ । सैलुन बन्द रहनेछन् ।
यद्यपि, क्रिसमस ट्री बेच्ने पसल भने खुल्ला रहनेछन् ।
कम्पनीलाई आफ्ना कर्मचारीलाई घरबाट काम गर्ने वातावरण मिलाइदिन आग्रह गरिएको छ ।
जर्मनीमा आइतबार कोरोनाका २० हजार २०० नयाँ संक्रमित थपिएका छन् र ३२१ को मृत्यु भएको छ । – बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण