शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

मुटुको शल्यक्रियापछि रेमो डिसुजाले अस्पतालमा गरे ‘डान्स’, श्रीमतीले सेयर गरिन् भिडियो

मङ्गलबार, ३० मङ्सिर २०७७, ०९ : ४९
मङ्गलबार, ३० मङ्सिर २०७७

बलिउडका चर्चित कोरियाग्राफर तथा निर्देशक रेमो डिसुजा अचानक बिरामी भएपछि सबैजना अचम्ममा परेका छन् । देशभरीका कलाकार तथा प्रशंसकले लगातार सोसल मिडियामा उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 
हालै उनको मुटुको शल्यक्रिया भएको छ । यतिबेला उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । हालै रेमा डिसुजाकी श्रीमतीले एउटा यस्तो भिडियो सेयर गरेकी छिन् जसले धेरैलाई खुसी तुल्याएको छ । 

रेमो बिरामी भएदेखि अस्पतालबाट लगातार उनकी श्रीमती लिजेलले उनको स्वास्थ्यबारे जानकार िदिइरहेकी छिन् । अब लिजेलले एउटा भिडियो सेयर गरेर रेमोको शल्यक्रिया सफल भएको जानकारी दिएकी छिन् । 

  
यो भिडियोमार्फत् उनका श्रीमान् रेमोको स्थिती पहिलेको भन्दा निकै राम्रो भएको उनले जानकारी दिएकी छिन् । अस्पतालबाट जारी गरिएको भिडियोमा रेमो डिसूजा आफ्नो खुट्टालाई सङ्गीतको तालमा नचाइरहेका छन् । भिडियो सेयर गर्दै लिजेलले लेखेकी छिन्, ‘खुट्टाले नाच्नु एउटा कुरा हो र मनले नाच्नु अर्को कुरा । रेमो डिसुजा...तपाईंहरु सबैको प्रार्थना र आशीर्वादका लागि ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप