सरकारले अध्यादेश ल्याएर लोकतन्त्रलाई धरापमा पारेको छ- उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार नै लोकतन्त्रलाई धराप पर्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । संसदको गरिमालाई समाप्त पार्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गर्नु गलत कार्य भएको उनले बताएका छन् ।
संसद अधिवेशन बोलाएर जनताको हकमा काम गर्नुको सट्टा अध्यादेशमार्फत देश चलाउनु लोकतन्त्र खतरामा रहेको संकेत भएको उनले बताए । यादवले संवैधानिक परिषद् शक्ति सन्तुलन गर्ने निकाय भएको तर सरकारले स्वेच्छाचारी तरिकाले अध्यादेश ल्याई संसदको गरिमालाई समाप्त पारिरहेको आरोप समेत लगाए ।
उनले संवैधानिक परिषद्को बैठकबाट सभामुखलाई अलग गर्नु भनेको संसदको गरिमालाई नमान्नु हो भनि प्रतिकृया दिए । त्यस्तै, जसपा नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले अध्यादेशअघि नै संसद अधिवेशन बोलाउन माग गरेका छन् ।
मंगलबार ट्वीट गर्दै उनले अध्यादेशमार्फत बनेको तीन जनाको ओली परिषद्ले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान् भनि प्रश्न गरेका छन् । त्यत्रो वलिदानमार्फत स्थापित गणतन्त्रको चिरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो भन्दै उनले संसद अधिवेशनको माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण