बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

गायिका मिलन अमात्यले राजदुतलाई सुनाईन् बंगाली गीत

आइतबार, ०८ असोज २०७४, ०९ : ४४
आइतबार, ०८ असोज २०७४

लोप्रिय गायिका मिलन अमात्य बंगलादेश क्लब नेपालको आयोजनामा ईद रियुनियन २०१७ कार्यक्रममा एकमात्र अतिथी गायिकाको रुपमा पुगेकी थिईन् । 

उनले नेपालका लागी बंगलादेशकी राजदुत माश्फी बिन्ते शाम लगायत कार्यक्रममा उपस्थित भएका समक्ष बंगाली गीत प्रस्तुत गरेकी हुन् । 

बंगलादेशका प्रतिष्ठित व्क्तीको उपस्थिती रहेको ईद रियुनियन २०१७ मा आफ्नो गायकी र गलाको जादुले उपस्थित सबैलाई मन्त्रमुग्ध पार्दै अमात्यले उपस्थित सम्पूर्णलाई कम्मर मर्काउन बाध्य पारिन् । 

राजदुतले गायिका मिलनलाई उत्कृष्ठ आवाज र प्रस्तुती रहेको सुनाए । उन्ले नेपाली गायिकाको आवाजमा बंगाली गीत सुन्दा अचम्म लागेको भन्दै गायिकाको प्रसंसा गरे । 

ठमेलको होटल मनाङमा सम्पन्न कार्यक्रममा बंगलादेशबाट आएका पाहुना र प्रवासी बंगालीहरु, बंगलादेशी राजदुताबासका उच्च  अधिकारी, ब्यापारी, चिकित्सकलगायतका व्यक्तिको  उपस्थिती थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप