रूसको एक नर्सिङ होममा आगलागी, कम्तीमा ११ जनाको मृत्यु
मङ्गलबार, ३० मङ्सिर २०७७, २२ : ३६
एजेन्सी । रूसको बास्कोर्तोस्तान क्षेत्रमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको रूसी आपतकालीन मन्त्रालयले बताएको छ । मङ्गलबार बिहानै एक तले काठे भवनमा सञ्चालन गरिएको नर्सिङ होममा आगलागी भएको रूसी अधिकारीले बताएका छन् । अग्नि नियन्त्रक टोली पुग्नु पहिल्यै नर्सिङ होममा रहेका १५मध्ये चार जनाले भागेर ज्यान बचाएको र ११ जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राजधानी मस्कोदेखि एक हजार ४०० किलोमिटर दक्षिणपूर्वमा रहेको इसविल्डनो गाउँमा उक्त घटना भएको हो । घटनास्थलमा अहिले प्रहरी पुगिसकेको र आगलागी र यसमा सञ्चालकको लापर्बाहीबारे अनुसन्धान गर्न सरकारले एक समिति बनाइसकेको र थप जानकारी अनुसन्धानपछि दिन सकिने प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण