बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

राजेशले ल्याए ‘अभ्यर्थना’

आइतबार, ०८ असोज २०७४, ११ : ४०
आइतबार, ०८ असोज २०७४

काठमाडौं – इलामे गायक तथा संगीतकार राजेश चाम्लिङले एल्बम ‘अभ्यर्थना’ ल्याएका छन् । राजधानीमा शनिवार आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा गायक, संगीतकार गणेश रसिक, गीतकार अशोक वान्तवा, गायक तथा संगीतकार चाम्लिङलगायतले एल्बम सार्वजनिक गरे । 
एल्बममा ‘मेरी आमा’, ‘डेटिङ’, ‘प्रस्ताव’ र ‘नजानी नजानी’ बोलका गीत छन् । गीतमा राजेश र सुयर्मा राईको शब्द छ भने डेनी निरौला र राजेशकै संगीत छ । ‘डेटिङ’ बोलको गीतमा गायिका बिना राईले राजेशलाई स्वरमा साथ दिएकी छन् ।
कार्यक्रममा ‘मेरी आमा’ र ‘डेटिङ’ गीतको भिडियो सार्वजनिक गरिएको थियो । भिडियोको निर्देशन भीमबहादुर बम्जन हुन् । भिडियोमा गायक राजेशसहित सुस्मिता बस्नेत र अल इन वान ग्रुपले फिचरिङ गरेका छन् । 

– कार्यक्रममा सदस्य सचिव रसिकले गायक चाम्लिङका गीतहरु मन छुने किसिमका रहेकाले आम श्रोताले यसलाई मन पराउनेमा विश्वास व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप