दूधसँग के नखाने ?
एजेन्सी – दूधमा पाइने पोषक तत्वले सम्पूर्ण खानेकुरामा पाइने जति पदार्थ प्रदान गर्छ । विहानको नास्तामा होस् वा खानापछि दूध पिउने गरिन्छ । दूधको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर, दूधसँगै यस्ता केही खानेकुराहरुको सेवन गर्नुहुँदैन । किनकी ती खानेकुरामा पाइने पोषक तत्वसँग दूधको प्रतिक्रिया हुँदा शरीरमा विष उत्पन्न हुनसक्छ ।
ती खानेकुराहरु यसप्रकार छन्ः
१. तिल र नुनबाट बनेको खानेकुरा खाएपछि छिट्टै दूध पिउनुहुँदैन । यदि दूध पिउनु छ भने थोरैमा दुई घण्टापछि पिउनु पर्छ ।
२.यदि धेरै मात्रामा साइट्रिक एसिड युक्त फलफूलको सेवन गरिएको छ भने दूध पिउनु हुँदैन ।
३. यदि खानामा माछा छ र माछाको सेवन गर्नुभएको छ भने तुरुन्तै दूध पिउनु स्वास्थ्यका लागि बेफाइदा हुन्छ ।
४. दूध र दही पनि एकसाथ खानुहुँदैन । दूध र दही एकसाथ खाँदा पेटमा ग्यास भरिने, एसिडिटी हुने, बान्ता हुने जस्ता समस्याहरु देखापर्छन् ।
५. इस्ट मिसाएको खानेकुरा र दूध एकसाथ खान हुँदैन । यसले शरीरमा नराम्रो असर गर्छ ।
६. अनार, सुन्तला, नाशपति, जस्ता फलफूलहरु दूधसँग खानुहुँदैन । दूधमा हुने क्याल्शियमलाई यस्ता फलफूलमा हुने एनजाइमले सोस्छ र शरीरलाई पोषण प्रदान हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण