१३ अन्तर्राष्ट्रिय नाकामा हेल्थ डेक्स सञ्चालन गरिँदै
काठमाडौं— सरकारले देशका प्रमुख नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेक्स सञ्चालनमा ल्याउने भएको छ । १५ पुषभित्र १३ प्रमुख नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेक्स सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्याको सचिवस्तरीय बैठकले निर्णय गरेको हो ।
सो निर्णयअनुसार स्वास्थ्य सेवा विभागले हेल्थ डेक्समा खटिने कर्मचारीको नाम प्रकाशित गरेर ती कर्मचारीलाई विभागमा सम्पर्क गर्न निर्देशन दिएको हो । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काकडभिट्टा नाका, सिरहाको मडार नाका, रौतहटको गौर नाका, रानी भन्सार विराटनगर नाका, भैरहवाको बेलहिया नाका, पर्साको वीरगञ्ज नाका, कपिलवस्तुको कृष्णनगर नाका, कैलालीको गौरीफन्टा नाका, बाँकेको जमुनाहा नाका, सिन्धुपाल्चोकको तातोपानी, कन्चनपुरको गड्डाचौकी, रसुवाको रसुवागढीमा ४८ जना अस्थायी दरवन्दी कायम गरी खटाउने स्वास्थ्य सेवा विभागको सूचनामा उल्लेख गरिएको छ ।
हेल्थ डेक्समा खटिने स्वास्थ्यकर्मीले ती नाका र अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गर्नेहरुमा प्रकोपजन्य रोगहरुको पहिचान र निराकरण गर्न भूमिका खेल्न सूचनामा उल्लेख छ । स्वास्थ्यर्मीहरुले नेपाल प्रवेश गर्नेमा कुनै पनि सरुवा रोगको शंका लागेमा उपचारका लागि समन्वय समेत गर्नुपर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण