बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्रमुख राजनीतिक दललाई निजी क्षेत्रले भन्यो, ‘संयमतापूर्वक निर्णय लिएर मुलुकलाई स्थिरतातर्फ लैजाऊ’

बुधबार, ०८ पुस २०७७, १६ : ४३
बुधबार, ०८ पुस २०७७

मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्स र नेपाल उद्योग परिसंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निजी क्षेत्र जहिले पनि राजनीतिक स्थिरताको पक्षमा रहेको र निजी क्षेत्रले विगतमा पनि राजनीतिक स्थिरताका लागि वारम्वार सुझाव दिंदै आएको निजी क्षेत्रका तीन छाता संगठनले भनेका छन् ।

राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, नयाँ उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सृजना हुने, नयाँ लगानी आकर्षण हुने र समग्रमा अर्थतन्त्रले गतिलिन सक्ने भन्दै प्रमुख राजनीतिक दललाई निर्णय लिदा संयमित भएर लिन आग्रह गरेका छन् ।  विश्वव्यापी कोभिड १९ का कारण  मुलुक आक्रान्त भई अर्थतन्त्रमा गम्भीर असर परिरहेका बेला पछिल्लो समय उब्जिएको राजनीतिक समस्याबाट उत्पन्न हुन सक्ने अस्थिरताको परिणामले  थप गम्भीर हुनेतर्फ निजी क्षेत्रमा चिन्ता थपिएको उनीहरुले भनेका छन् ।

तीनै संगठनले भनेका छन्, ‘राजनीतिक स्थिरताको आर्थिक विकाससँग प्रत्यक्ष सम्बन्ध रहने विगतको अनुभव हेर्दा अहिलेको कठिन परिस्थितिमा सिर्जित घटनाक्रमले अन्यौलता सृजना गर्नेमा निजी क्षेत्र सशंकित एवं चिन्तित भएको छ र भर्खरै चलायमान हुन थालेको मुलुकको अर्थतन्त्र र सर्वसाधारणको जिवीकोपार्जनमा समेत गम्भीर असर पर्नेमा हाम्रो चिन्ता छ ।’

बिषम परिस्थितिमा सम्पुर्ण राजनीतिक दलहरू सुझबुझ र संयमतापूर्वक निर्णय लिई मुलुकलाई स्थिरतातर्फ लैजाने कार्यमा गम्भीर हुन नीजि क्षेत्रले आग्रह गरेको तीनै संस्थाले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप