जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने सीजीका एसीहरु बजारमा
काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सी.जी.ले जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने, कम विद्युत खपतका एसीहरु बजारमा उपलब्ध गराएको छ । सबै किसिमको मौसममा उपयुक्त हुने एसी अहिले विशेष त बढ्दो जाडोलाई मध्यनजर गर्दै उपलब्ध गराएको कम्पनीले जनाएको हो ।
सी.जी.ले हालै आफ्ना सबै ग्राहकबर्गहरुका लागी ‘हर मौसममा बचत’ नामक योजना ल्याएको छ । जसको उद्देश्य यो जाडो याममा जीवन सरल, सहज बनाउँदै विद्युतमा पनि बचत गराउनु भएको कम्पनीले बताएको छ ।
अधिक एसीको प्रयोगले गर्दा जाडो मौसममा विद्युतको शुल्क अधिक आउने गरेको र यसले ग्राहकहरुलाई जाडो सहनु पर्ने वा चर्को शुल्क तिर्न वाध्य बनाउँछ । तर सी.जी इन्भर्टरका एसीका साथ यस जाडोमा ग्राहकहरुले न्यानो प्राप्त गर्नेछन भने विद्युतमा बचत पनि गर्नेछन् ।
सी.जी. ब्राण्डका इन्भर्टर एसीहरु किफायती दाममा सर्बत्र बजारमा उपलब्ध छन । सी.जी. ब्राण्डका जाडोमा प्रयोग हुने घरायसी समानहरु उच्च गुणस्तरको भरपर्दो र टिकाउ छन् ।
सी.जी.का एसीहरु तीन प्रकारमा विभाजन गरिएको छ । जसमा इन्भर्टर वाल माउन्ट, स्प्लिट टाइप एसी, अनअफ वाल माउन्न स्प्लिट टाइप एसी र सिलिङ क्यासेट टाइप एसी रहेका छन् ।
यी एसीहरु ०.७५ टन देखि ३.० टन सम्म उपलब्ध भएकोले छानिछानि आफ्नो आवश्यकताअनुरुप लिन सकिन्छ । सी.जी.का एसीहरुमा ५ वर्षको वारेन्टीका साथै काठमाडौं क्षेत्र भित्रमा २४ घण्टा भित्रनै जडान गरिदिने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व विभागले भन्याे– असार महिनाको विद्युत् खपतमा भ्याट लाग्दैन
-
सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
-
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
-
तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
-
सिलिन्डर साट्दा चाप देखिएको हो, ग्यास अभाव छैन : ग्यास उद्योग संघ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण