राष्ट्रसंघका महासचिवद्वारा नाइजरमा शान्तिपूर्ण निर्वाचनको लागि आग्रह
आइतबार, १२ पुस २०७७, १४ : १३

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले नाइजरमा विधायिका र राष्ट्रपति निर्वाचन शान्तिमय र सुरक्षित गर्नुपर्नेमा जोड दिनुभएको उनका प्रवक्ताले बताएका छन् ।
गत डिसेम्बर १३ मा भएको स्थानीय चुनावको शान्तिपूर्ण आचरणको सम्झना गर्दै महासचिवले आइतवारको चुनावलाई समावेशी, शान्तिपूर्ण र सुरक्षित ढङ्गले सम्पन्न गर्ने सुनिश्चित गर्न सबै राष्ट्रिय सरोकारवालाहरुलाई आह्वान गर्नुभएको प्रवक्ता स्टेफान दुजारिकद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
गुटर्रेसले प्रजातन्त्र र दिगो विकासको लागि नाइजरको प्रयासमा संयुक्त राष्ट्रसंघको प्रतिबद्धता दोहोर्याउनुभएको पनि विज्ञप्तिमा बताइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा