श्रीलङ्कामा एकै दिनमा ५०० बढीमा कोभिड–१९ सङ्क्रमण पुष्टि
एजेन्सी । श्रीलङ्कामा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्कमा उल्लेख छ । अहिलेसम्म श्रीलङ्कामा कूल ४० हजार २८२ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएकोमा ३२ हजार ५१ व्यक्ति सङ्क्रमणमुक्त भएका सरकारी तथ्याङ्कमा उल्लेख छ ।
श्रीलङ्कामा सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार ४५ रहेको र १८६ सङ्क्रमित व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लामो समयसम्म गृहयुद्धको सामना गरेको एसियाली यो मुलुकमा कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहर देखिएसँगै सरकारले थप साबधानी अपनाउन लागिएको बताएको छ । श्रीलङ्काको बढी प्रभावित पश्चिमी प्रान्तहरूमा गत अक्टोबरदेखि विद्यालयहरू बन्द अवसथ्थामा रहेका छन् ।
राजधानी कोलम्बोस्थित माछा बजार र बजार वरपरको ग्रामिण वस्तीमा समेत कोभिड–१९ को दोस्रो लहर देखा परेको छ । ती स्थानहरूलाई सहरका अन्य इलाकासँगको सम्पर्कसँग छुट्टिनेगरी सङ्क्रमण क्षेत्रमा सावधानीका उपायलाई कडाईका साथ लागू गरिएको छ । यसबाहेकका ग्रामिण वस्तीमा सङ्क्रमणको प्रभाव नगन्य रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण