फिनल्याण्डपछि बुल्गारियामा पनि फाइजर भ्याक्सिनको देखियो साइड इफेक्ट
मङ्गलबार, २१ पुस २०७७, ०७ : ०७
फिनल्याण्डपछि अब बुल्गारियामा पनि अमेरिकी कमपनी फाइजरको कोरोना भ्याक्सिनको साइड इफेक्ट देखिएको छ ।
बुल्गारियाको औषधी विभागका कार्यकारी निर्देशक बाग्डन किरिलोवले सोमबार दिएको जानकारीमा ४ जनामा भ्याक्सिनको साइड इफेक्ट देखिएको छ । चारजनामध्ये दुईजनामा दुखाई र अन्य दुईमा सुस्तताका साथै तापक्रममा वृद्धिको समस्या देखिएको छ ।
बुल्गारियामा डिसेम्बर २७ देखि खोप अभियान सुरु भएको हो । सुरुमा स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकता दिइएको छ । सोमबारसम्म करिब पाँच हजार जनालाई खोप दिइसकिएको छ ।
यसअघि पनि फिनल्याण्डमा पाँच जनामा भ्याक्सिनको गम्भीर साइड इफेक्ट देखिएको थियो । फाइजरलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले संसारभरी आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।
यो पनिः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
