कुकुर र गधा
एउटा गाउँमा धोबी थियो । उसले घरमा रखवाली गर्न कुकुर पालेको थियो । साथै, सामान ओसार्न गधा पनि पालेको थियो ।
एक दिन एउटा चोर धोबीको घरमा आयो । ऊ चोरी गर्न आएको थियो । कुकुर मस्त निद्रामा थियो । उसले चोर आएको थाहा नै पाएन । तर गधा भने सुतेको थिएन । उसले चोरलाई देख्यो । मालिकलाई चोर आएको जानकारी दिनुपर्छ भन्ने उसले ठान्यो । त्यसैले ऊ रातिको त्यो बेलामा पनि ठूलो स्वर निकालेर कराउन थाल्यो ।
गधा कराएको सुनेर चोर भाग्यो । उसको आवाजले धोबी पनि जाग्यो । उसले गधा किन कराइरहेको छ भनेर जान्ने कोशिश नै गरेन । आफ्नो निद्रा बिगारिदिएको भनेर ऊ गधासँग बेस्सरी रिसायो । उसले कुरै नबुझिकन गधालाई लठ्ठीले हिर्कायो ।
विचरा गधा ! मालिकको भलो चिताउँदा पनि उसले कुटाइ खायो । तर कुटाइ खानुपरे पनि चोरले चोर्न पाएन । उसले त्यसै कुरामा सन्तोष मान्यो ।
Title Photo: https://www.kidsgen.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण