शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बामदेव गौतम भन्छन्–‘ऋषि कट्टेलले मुद्दा जिते फेरि एमाले र एमाओवादी हुने होला’

बिहीबार, २३ पुस २०७७, १४ : २२
बिहीबार, २३ पुस २०७७

काठमाडौं । राष्ट्रियसभा सदस्य एवम् नेकपा नेता बामदेव गौतमले ३ वर्षमै पार्टी विभाजन गर्नु थियो भने किन एकता गरेको भन्दै प्रश्न गरेका छन् । बिहिबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले पार्टी दुई खेमामा रहेपनि आफू कुनै समूहमा नरहेको उल्लेख गरे । 

नेता गौतमले नेकपा राजनीतिक रुपमा दुई खेमा भएपनि कानुनी रुपमा के हुन्छ भन्न नसकिने उल्लेख गरे ।  उनले एकतापछि बनेको नेकपाको विपक्षमा ऋषि कट्टेलले हालेको मुद्धा सर्वोच्चमा विचाराधीन रहेको बताउँदै यदि सर्वोच्चले यो पार्टीलाई खारेज गरिदियो भने के होला भनेर प्रश्न गरे ? 

उनले भने– ‘निर्णय ऋषि कट्टेलको पक्षमा गयो भने नेपाल कम्युनिष्ट पार्टी नेकपा सम्भवत एउटा पक्ष नेकपा एमाले हुने होला एउटा पक्ष माओवादी केन्द्र बन्ने होला । त्यस्तो भयो भने के होला भन्ने एउटा अवस्था यहाँ छँदै छ ।’ उनले जुनसुकै पार्टीमा पनि अन्तरविरोध हुने बताउँदै त्यसलाई मिलाएर जान सक्ने मात्र नेता हुने बताए । अन्तरविरोध समाधान गर्न नसकेर आफु खुसी गर्नु मुर्खतापूर्ण कुरा भएको उनले बताए । 

उनले भने– ‘पार्टीभित्र अन्तरबिरोध हुँदैन भनेर कसैले कल्पना गर्छ भने त्यो जत्तिको मूर्खतापूर्ण निष्कर्ष अरु हुन सक्दैन् । पार्टीको जीवन अन्तरपार्टी संर्घषमा हुन्छ । वादविवादमा हुन्छ, त्यसबाट निश्कर्ष निस्कन्छ । त्यसपछि फेरि अर्को अन्तरविरोध सुरु हुन्छ । अन्तरपार्टी संघर्षबाट कम्युनिष्ट मात्र हैन कुनैपनि पार्टी मुक्त हुन सक्दैनन् । नेता त्यो हुन्छ जसले ती समस्याहरुको समाधान गर्छ ।’

उनले दुबै पक्षमा गल्ति कमजोरी देखेको बताउँदै लामो समयदेखि आफूले एकता गराउन खोजेको भन्दै फेरि पनि एकता गराउन लागिरहेको जानकारी दिए । उनले एक्लै एकता गराउन सकिँदैन भने संगठनात्मक प्रणाली बनाएर भएर पनि एकता गराउने पक्षमा लाग्ने योजनामा रहेको उल्लेख गरे ।

उनले पार्टीमा एकता आवश्यक रहेको बताउदैं दुबै पक्षका मुख्य नेताहरु आफूलाई समाजवादी व्यवस्था ल्याउन लागि परेको भन्ने तर लाज लाग्ने अभिव्यक्ति दिँदै हिडेको उल्लेख गरे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप