आमाले ‘गाली’ गरेको निहुँमा १४ वर्षीय बालकले गरे आत्महत्या
बिहीबार, २३ पुस २०७७, १६ : १७
काठमाडौं । कोटेश्वरस्थित महादेवस्थान मन्दिर नजिकै १४ वर्षीय बालकले झुण्डिएर आत्महत्या गरेका छन् । उदयपुरको गाईघाट घर भएका आशिष चौधरीले झुण्डिएर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाइ बताए ।
घरको पैसा चोरेको निहुँमा आमाले गाली गरेपछि आवेगमा उनले आत्महत्या गरेका हुन् । आमा पसलमा बसिरहेको बेला चौधरी सलको पासो लागेर झ्यालमा झुण्डिएका थिए । सल काटेर मिनभवन स्थित सिभिल अस्पताल लैजाँदा चौधरीको मृत्यु भएको बताइएको छ । उनको शव अहिले सिभिल अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण