वामदेव गौतम दिगो विकास समितिमा मनोनित
बिहीबार, २३ पुस २०७७, १७ : ३३
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौमतलाई सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम उनलाई सो समितिमा मनोनयन गरिएको हो ।
बैठकमा यसअघि प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मधेशी आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार अपराह्न १ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आज पेशी
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
-
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची
-
सुदूरपश्चिम सरकारलाई ‘बजेट कानुन’ घाँडो, अधिवेशन अन्योलमा
-
कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम?
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर