शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

छानविनकर्तालाई ट्रम्पको प्रलोभन-‘धाँधली पत्ता लगाए राष्ट्रिय नायक हुनेछौं’

आइतबार, २६ पुस २०७७, १४ : २७
आइतबार, २६ पुस २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २ जनवरीमा जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफनस्पेर्गरलाई धाँधली पत्ता लगाउन दिएको दबाब पहिलो नभएको सीबीसी न्युजले जनाएको छ । सीबीसी न्युजको टेलिभिजन कार्यक्रम ६० मिनेटमार्फत ट्रम्पले पहिले पनि मतपरिणाम प्रभावित गर्न दबाब दिएको खुलासा भएको हो ।  

स्रोतकाअनुसार गत महिना राष्ट्रपति आफैंले जर्जिया सेक्रेटरी अफ स्टेटका एक छानविनकर्तालाई टेलिफोन गरेका थिए । यस टेलिफोन कुराकानीबारे थाहा पाएका एक व्यक्तिका अनुसार ट्रम्पले धाँधली पत्ता लगाएमा ती छानविनकर्ता राष्ट्रिय हिरो बन्ने प्रलोभन देखाएका थिए । तर अनुसन्धानकर्ताहरुले धाँधली भएको भेटेनन् । र, केही समयपछि राफनस्पेर्गरले ट्रम्पको प्रस्ताव अस्विकार गरेको खबर बाहिरियो । यस विषयमा सीबीसी न्युजले प्रतिक्रिया माग्दा ह्वाइट हाउसले कुनै टिप्पणी गर्न चाहेन । 

६० मिनेट नामक कार्यक्रम शनिबार सिबीसीबाट प्रशारण हुनेछ । २ जनवरीमा राफनस्पेर्गरसँग भएको कुराकानीको अडियो कल पनि सीबीसी न्युजले फेला पारेको  छ । जहाँ राफनस्पेर्गरलाई राष्ट्रपतिले कुनै हालतमा धाँधलीको प्रमाण खोज्न भनेका छन् । उनले यस राज्यमा आफुले जितेपनि जबर्जस्ती हराइएको दाबी गरेका छन् । तर, रिपब्लिकन पार्टीकै राफनस्पेर्गरले उनको सुझाव टेरेका छैनन् । ‘तपाईसँग भएको तथ्य गलत हो,’ उनले भनेका छन् । फोनवार्ताका क्रममा उनले बारम्बार निर्वाचनको नतिजा सही रहेको भन्दै राष्ट्रपतिको प्रमाणविहिन दाबीलाई अस्वीकार गरेका छन् । 

जर्जियामा जो बाइडेनसँग ११ हजार ७ सय ७९ मतले ट्रम्प पराजित भएका थिए । अमेरिकी संसद्ले बिहीबार जो बाइडेनको विजयीलाई सदर गरिसकेको छ । २० जनवरीमा बाइडेनले नयाँ राष्ट्रपतिका रुपमा सपथ लिनेछन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप