भस्मासुर
-महेश सिलवाल
भस्मासुर, आफ्नो
प्रभुको वरदान
परीक्षण गर्न,
हिटलरले झैँ
गोप्य ग्याँस च्याम्बरमा
जालसाजी बुनी
अबोध र निर्दोष प्राणीको
कोटी होम लगाउन
भगीरथ प्रयत्न गर्दैछ
किनकि
घर–परिवार जलाई
बच्ने खरानीको
जो मूल्य उसलाई
अथाह– थाहा छ
र त
खरानीको व्यापार गर्ने
सपना देखेकै छ, वषौँदेखि ।
ऊ वरदानको भार
वहन गर्न नसकेर
सुर हराई
बेसुर मत्ता हात्तीझैँ
हठात् र निर्धक्कका साथ
बढ्दै छ लमक–लमक
मेरो सुन्दर बगैँचामा
सक्तिनँ म मूकदर्शक बन्न
र ङिच्च दाँत देखाउन
पढाउनु छ मैले उसलाई
पाठ जालन्धरको ।
उसको छायाँ घरमा पर्नु अगावै
बरु भरमग्दुर यत्न गर्छु
उसलाई छेक्न र रोक्न
तर ऊसँगै
देश–मेरो घर र
धर्ती–मेरो आमालाई
कहाँ सक्छु र सति पठाउन ?
अग्निपरीक्षाको यस ऐतिहासिक घडीमा
देशको काम आउन सके हुन्छु धन्न
चाहे म भोलि हुन्छु वा हुन्न ?
भस्म खरानी भएर के भो त !
धर्तीलाई उर्बर राख्न त काम आउँछु
शिवको प्यारो र पवित्र वस्तु पनि त हुन सक्छु
पीडाको उष्णता बिर्सेर पनि त शीतलता दिन सक्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण