कविता : प्रहसन
– प्रकाशकुमार सिग्देल
बिहानको चिसो
सिरेटोको स्पर्शसँगै
शीतको तप्प–तप्पचुहाईले
भिजेका मेरा आँखा
खुल्न गाह्रो मानिरहे
बल गरेरै भएपनि खोलें
स्वर्गको टुक्रामा
उषा–किरणले रङ्ग भर्दै थिइन्
आफ्नै घरको छानोतिर
नजर डुलाउँदै थिएँ म
नियतिले मेरो सानो
खरको छानो उधिनेर
यो अनन्तछानो
दिएको थियो मलाई
यसमै खुसीथिएँ म
यहि सस्तो खुसीमापनि
कस्को नजर लाग्यो कुन्नि?
एउटा जेट (देश)डगमगाएको देखें
हल्काधुवाँले घेरेको
मुस्लो निस्कदै थियो बिचबाट
ऊ व्यस्तथियो म सँगको
दुरी कम गराउन
भक्कानो छुट्यो,
तर अड्कियो घाँटीमै
म सकिन कराउन
आफू बचुँ या त्यसलाई बचाउँ
विकल्प शुन्य भएँ म
दुख्न थाल्यो मुटुको घाउ
मनले बाँच्ने बचाउने आँट दिएन
किनकी दुई हत्केलाबाहेक
म सँग अरु केही थिएन
भागु कहाँ भागु
छिमेकीले आफ्नो जग्गामा
पाइलो टेक्न दिन्न
छिमेकी हाँस्दै थियो
मेरो मन भयो खिन्न
किनकी मेरो चिता
उसको लागि ठण्डि यामको
रापबन्ने निश्चितथियो
मेरो आवाज सुनिदिने
कोहि थिएनन् ।
सुनाउने धेरै थिए
त्यसमध्ये आडैको रेडियोको
कान निमोठी दिएँ
पहिले समाचार आउने
बेलामा अहिले
प्रहसन सुन्नपाएँ मैले
हाँस्न मन थियो
आकाशै मै माथिझरे पनि
अन्ननपाएर डाम्रिएको पेटसँगै
किनखुल्थ्यो ओंठमाहाँसो
जति नैं बल गरे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण