शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पविरुद्ध उनकै पार्टीका सांसदले भोट गर्ने

बुधबार, २९ पुस २०७७, ११ : ४४
बुधबार, २९ पुस २०७७

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई कुर्सीबाट हटाउने डेमोक्रेट्सको कोसिसले अब उनकै केही साथी रिपब्लिकनको साथ पाएको छ ।

प्रतिनिधि सभाकी रिपब्लिकन लिज चेनीले अघिल्लो हप्ताको अमेरिकी संसदमा भएको हिंसा देखेपछि ट्रम्पविरुद्ध महाभियोग चलाउनका लागि मतदान गर्ने बताएकी छिन् । 

पूर्व उप–राष्ट्रपति डिक चेनीकी छोरी लिज चेनीले महाभियोगको समर्थन गर्ने बताएकी छिन् । रिचर्ड नेक्सनको समयपछि पहिलो पटक राष्ट्रपतिलाई आफ्नै नेताका कुनै नेताले यस्तो गरेका छन् । 

लिज चेनीले एक बयानमा भनिन्, ‘यसअघि अमेरिकाका कुनै पनि राष्ट्रपतिले आफ्नो अफिस र संविधानको शपथमाथि यति ठूलो विश्वासघात गरेका छैनन् ।’

लिजले थपिन्, ‘ट्रम्पले भीडलाई बोलाए, उनीहरुलाई जम्मा गरे, यो हमलालाई प्रश्रय दिए ।’

हाउसका अन्य दुई रिपब्लिकन सदस्य, जोन काटको र एडम किंजिनरले पनि महाभियोगका लागि मतदान गर्ने बताएका छन् । 

यसअघि राष्ट्रपतिले आफ्ना समर्थकले गरेको हमलाको जिम्मेवारी लिन अस्विकार गरेका थिए । 

२० जनवरीमा डेमोक्रेट जो बाइडेनले उनको स्थान ओगट्नेछन् । 

हाउसले बुधबार मतदान गर्ने योजना बनाएको छ जसमा डोनाल्ड ट्रम्पविरुद्ध विद्रोह भड्काउने आरोप लगाइनेछ । यसपछि उनी पहिलो राष्ट्रपति बन्नेछन् जसले दुई पटक महाभियोगको सामना गर्नुपर्यो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप