दक्षिण कोरियामा अत्याधिक चिसो, राजधानी बीचबाट बग्ने नदी नै जम्यो
बुधबार, २९ पुस २०७७, २३ : ५६
एजेन्सी । दक्षिण कोरियाको राजधानी सिउलको बीचबाट बग्ने हान नदी अत्याधिक चिसोका कारण जमेको छ । दक्षिण कोरियामा यो वर्ष अत्याधिक चिसो महसुस गरिएसँगै राजधानी सिउल हुँदै बग्ने नदीमा बरफ जमेको हो । अहिले सिउल सहरको तापक्रम माइनस २० डिग्री सम्म पुगेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । पछिल्ला २ वर्षमा पहिलोपटक उक्त नदी जमेको हो ।
कोरियाली मौसम विभागका अनुसार मंगलबार अपरान्ह सिउलको तापक्रम माइनस १६ डिग्री रेकर्ड गरिएको छ । अत्याधिक चिसोका कारण सिउलको गेम्पो अन्तर्राष्ट्रिय एयरपोर्टसहित अन्य पाँच एयरपोर्टबाट उडान भर्ने २३ ओटा उडानहरु क्यान्सिल भएका छन् । पछिल्ला १० वर्षयता पहिलोपटक त्यहाँको तापक्रम माइनस १० डिग्रीभन्दा तल ओलिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण