शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव तल्लो सदनमा पारित

बिहीबार, ०१ माघ २०७७, ०६ : १७
बिहीबार, ०१ माघ २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा पारित भएको छ । अब माथिल्लो सदन सिनेटमा ती आरोपमाथि ट्रायल हुनेछ ।

ट्रम्पमाथि अघिल्लो हप्ता (६ जनवरी) मा आफ्ना समर्थकलाई क्यापिटल हिल अर्थात् अमेरिकी संसद् परिसरमा हमला गर्नका लागि उक्साएको भन्ने आरोप थियो जसलाई सदनमा २३२ भोटले पारित गरिएको थियो । १० रिपब्लिन सांसदले महाभियोग प्रस्तावको समर्थन गरे ।

६ जनवरीमा भएको हिंसामा एक प्रहरी अधिकारीसमेत पाँचजनाको मृत्यु भएको थियो ।

अमेरिकाको इतिहासमा ट्रम्प पहिलो यस्तो राष्ट्रपति बनेका छन् जोविरुद्ध एकै कार्यकालमा दुई पटक महाभियोग प्रस्ताव पारित गरिएको छ ।

सन् २०१९ को डिसेम्बरमा पनि उनीमाथि महाभियोग लागेको थियो । यद्यपि, सिनेटले उनलाई आरोप मुक्त गरेका थिए । तर त्यतिबेला एकजना पनि रिपब्लिकन सांसदले ट्रम्पविरुद्ध भोट गरेका थिएनन् ।

सिनेटमा ट्रायलको क्रममा यदि दुई तिहाई बहुमतले प्रस्ताव पारित हुन्छ भने उनी तत्काल आफ्नो पदबाट हट्नुपर्ने हुन्छ । उनलाई अब कुनै पनि सार्वजनिक कार्यालयमा अयोग्य ठहर गरिदिने सम्भावना रहेको छ ।

तर ट्रम्पको कार्यकाल यसैपनि २० जनवरीमा पूरा हुँदैछ र यति कम समयमा सिनेटमा उनीविरुद्ध ट्रायल पूरा हुन सम्भव छैन ।

सिनेटमा रिपब्लिकन नेता मिच मेक्कानेलले यो हप्ता पनि सिनेटको बैठक हुने बित्तिकै राष्ट्रपतिको कार्यालय छोड्ने अघि अन्तिम निर्णय हुन नसक्ने बताएका छन् ।

मेक्कानेलले एक बयान जारी गर्दै भने, ‘यो वास्तविकताको प्रकाशमा मेरो मान्यता यो छ कि राष्ट्रको हितमा यही हुनेछ कि संसद र कार्यपालिका अबको सात दिनभित्र आउन लागेका बाइडेन प्रशासनलाई एक सुरक्षित र सुव्यवस्था सत्ता हस्तान्तरण सुनिश्चित गर्नका लागि प्रयोग गरियोस् ।’

यसअघि बुधबार तल्लो सदनमा थुप्रै घण्टासम्म अत्यधिक तात्तातो बहस भएको थियो ।

सभामुख नेन्सी पेलोसीले पूर्व राष्ट्रपति अब्राहम लिंकनको शब्दलाई उद्धृत गर्दै भनिन्, ‘हामीसँग अधिकार छ र जिम्मेवारी पनि ।’

पेलोसीले भनिन्, ‘हामीलाई थाहा छ कि अमेरिकाका राष्ट्रपतिले विद्रोहका लागि उक्साए, हामी सबैका देशविरुद्ध हतियारधारीले विद्रोह गरे । उनी जानै पर्छ, उनी राष्ट्रका लागि स्पष्ट रुपमा एक संकट हुन् जुन राष्ट्रसँग हामी सबैलाई प्रेम छ ।’

उनले भनिन्, ‘म तपाईंहरुको अगाडि संविधानकी एक अधिकारीको रुपमा, एक श्रीमती, एक आमा, एक हजुरआमा र एक छोरीको रुपमा उभिएकी छु जसको पिताले यो सदनमा गर्वले सेवा गरेका छन् ।’

उनले थपिन्, ‘राष्ट्रपतिलाई सिनेटमा पक्कै पनि दोषी ठहर गरिनुपर्छ । यसले यो सुनिश्चित हुनेछ कि यो गणतन्त्र ती व्यक्तिबाट सुरक्षित रहनेछ जो ती चिजलाई तोड्नका लागि प्रतिबद्ध छन् जसलाई हामी अत्यधिक प्यारो ठान्छौं र जसले हामी सबैलाई एकसाथ जोड्ने गर्छ ।’

पेलोसीले आफ्नो कुरा बिट मार्दै भनिन्, ‘मेरा अमेरिकी साथीहरु, हामी इतिहासबाट बच्न सक्दैनौं । त्यसैले आउनुहोस्, हामी आफ्नो कर्तव्य पूरा गरौं र यो राष्ट्रले हामीमाथि जति विश्वास गरेको र त्यसको सम्मान गरौं ।’

ट्रम्पको आफ्नै रिपब्लिकन पार्टीका थुप्रै सांसद पनि ट्रम्पको बचाउमा उत्रिएनन् । उनीहरुका अनुसार महाभियोग प्रस्तावले पारम्परिक सुनुवाईलाई बाइपास गरेको छ । त्यसैले उनीहरुले डेमोक्रेट्स सांसदलाई राष्ट्रिय एकताका खातिर महाभियोग प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् ।

१० सांसदद्वारा महाभियोग प्रस्तावको पक्षमाा भोट

रिपब्लिकन पार्टीका १० सांसदले महाभियोग प्रस्तावको पक्षमाा भोट गरेका छन । लिज चेनी, एडम किनजिंगर, जोन काटको, एन्थनी गोनजालेज, टम राइस, डेन न्यूहाउस, जेम हेरेरा ब्यूटलर, फ्रेड उपटन, डेभिड वालाडाओ, पिटर माइजरले उनीविरुद्ध भोट हालेका हुन् ।

एडम किनजिंगरले ट्वीट गरे, ‘आज महाभियोगको पक्षमा भोट हाल्नु मैले यसलाई एक बुद्धिमत्ता निर्णयको रुपमा लिएको छ । हाम्रो लोकतन्त्रको प्रतिक संसद भवनसम्म जानु र एक हप्ता अघि मात्रै हामी सबैले जुन हिंस्रक विद्रोह देखेका थियौं, त्यसलाई याद गर्नु । यो भोटलाई मैले हल्कामा लिइनँ, मैले निकै आत्मविश्वासका साथ भोट हालेको हुँ । म आफूमा शान्ति महसुस गरिरहेको छु ।’

रिपब्लिकन सांसद केविन म्याक्कार्थीले भने, ‘राष्ट्रपतिविरुद्ध यति कम समयमा महाभियोग प्रस्ताव ल्याउनु एक गल्ती हुनेछ । तर यसको अर्थ यो होइन कि राष्ट्रपतिले गल्ती गरेका छैनन् । बुधबार संसद भवनमा हमलाका लागि राष्ट्रपति जिम्मेवार छन् । ’

बहसका क्रममा ट्रम्पका बफादार मानिने ओहायोका सांसद जिम जोर्डनले डेमोक्रेट्समा दोहोरो मापदण्ड राखेको आरोप लगाएका छन् ।

उनले भने, ‘रिपब्लिकन सधैं हिंसाको निन्दा गर्दछ, गत वर्ष भएको हिंसाको, अघिल्लो हप्ता भएको हिंसाका त जुनसुकै तरिकाले हामी गलत छौं । डेमोक्रेटले राष्ट्रपतिमाथि परीक्षण गर्न सक्छन् तर यक्त चुनावको अनुसन्धान गर्दैनन् जसका लागि आठ करोड अमेरिकी, रिपब्लिकन र डेमोक्रेट्सलाई शंका छ ।’

जोर्डनलाई हालै ट्रम्पले शीर्ष नागरिकको पुरस्कारबाट सम्मानित गरेका थिए ।

अब के होला ?

तल्लो सदनमा डेमोक्रेट्सको बहुमत छ त्यसैले यहाँ प्रस्ताव पारित हुनु एउटा औपचारिकता मात्रै थियो  । त्यसपछि यो अब सिनेटमा जानेछ जहाँ उनको अपराध निश्चित गर्नका लागि ट्रायल चल्नेछ ।

ट्रम्पलाई दोषी ठहर गर्नका लागि दुई तिहाई बहुमतको आवश्यकता हुनेछ, यसको अर्थ यो हो कि कम्तीमा १७ रिपब्लिककनले यसको पक्षमा भोट गर्नेछन् ।

न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार २० रिपब्लिकन सांसद राष्ट्रपतिलाई दोषी ठहर गर्नका लागि तयार छन् ।

ट्रायल आयोजित गर्ने कुनै समय सीमा छैन तर यस्तो लाग्छ कि २० जनवरी अघि यो समाप्त हुन सक्दैन जुन दिन जो बाइडेनलाई राष्ट्रपतिको रुपमा शपथ दिलाइनेछ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप