महाभियोग प्रस्ताव पारित भएलगत्तै ट्रम्पले भने, ‘हाम्रो देशमा हिंसाका लागि कुनै स्थान छैन’
बिहीबार, ०१ माघ २०७७, ०६ : ३६
अमेरिकी संसद्मा महाभियोग प्रस्ताव पारित भएलगत्तै राष्ट्रपति ट्रम्पले एक बयान जारी गरेका छन् ।
ट्रम्पको भिडियो बयानलाई ह्वाइट हाउसको ट्वीटर अकाउन्टमा अपलोड गरिएको छ । ।
बयानमा ट्रम्पले भने, ‘हिंसा र तोडफोडका लागि हाम्रो देशमा कुनै स्थान छैन न त हाम्रो आन्दोलनमा हिंसाका लागि कुनै स्थान छ ।’
उनले अघिल्लो हप्ता राजधानी वासिङ्टनमा भएको हिंसाको निन्दा गरे ।
ट्रम्पले आफ्नो बयानमा थपे, ‘मेरा जो पनि सच्चा समर्थकले राजनीतिक हिंसाको वकालत गर्न सक्दैन । मेरा कोही सच्चा समर्थकले हाम्रो कानून र हाम्रो महान अमेरिकाको झण्डाको अपमान गर्न सक्दैन । यदि तपाईंमध्ये कसैले यस्तो काम गरिरहनुभएको छ भने तपाईं हाम्रो आन्दोलनको मद्दत गरिरहनुभएको छैन । तपाईं त्यसमाथि हमला गरिरहनुभएको छ र तपाईं हाम्रो देशमा हमला गरिरहनुभएको छ । हामी यसलाई सहन सक्दैनौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण