कोभिड–१९ विरूद्धको खोपको ९५ प्रतिशत मात्रा विश्वका १० मुलुकमा सीमितः डब्लुएचओ
एजेन्सी । विश्वभरि हालसम्म उत्पादित खोपको ९५ प्रतिशत मात्रा प्रमुख १० देशहरूमा सीमित रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को युरोपेली शाखाले बिहीबार जनाएको छ । यो खोपको कूल मात्रामध्ये अमेरिका, चीन, बेलायत, इजरायल, संयुक्त अरब इमिरेट्स, इटली, रूस, जर्मनी, स्पेन र क्यानडाले ९५ प्रतिशत खोपमा आफ्नो पहुँच जमाउँदै आएको उक्त शाखाले जनाएको छ ।
डब्ल्यूएचओको युरोप क्षेत्रीय निर्देशक हान्स क्लुगले अनलाइनमार्फत् गरेको पत्रकार सम्मेलनमा भने, “सामूहिक रूपमा हामी कुनै पनि देश वा समुदायलाई पछाडि छोड्न सक्दैनौं ।” क्लुगले भने, “डब्ल्यूएचओले सबै मुलुकमा खोप पठाउनका लागि काम गरिरहेको छ तर यसको लागि प्रत्येक मुलुकले योगदान पु¥याउन, अनुदान दिन र सहयोग पुर्याउन र खोपहरूको उचित पहुँच र प्रयोग आवश्यक छ ।”
‘आवर वल्र्ड इन डाटा’ नामक वेबसाइटका अनुसार अहिलेसम्म विश्वभर कूल तीन करोड २० लाख कोभिड–१९ विरूद्धका खोप प्रयोगमा आइसकेका छन् । रूस र केही मध्य एशियाली मुलुकसहित डब्ल्यूएचओको युरोपेली क्षेत्रका ५३ देशहरूमध्ये मात्रै ३१ मुलुकमा खोप अभियान सञ्चालन गरेका पनि ‘आवर वल्र्ड इन डाटा’ले जानकारी गराएको छ ।
खोप अभियानको थालनी भए पनि केही देशहरूमा खोप अभियानले खासै गति लिएको छैन । नयाँ खालका सङ्क्रामणका विरामीहरूका कारण विशेष गरी अंग्रेजी र दक्षिण अफ्रिकी समूह राष्ट्रहरूका कारण चिन्ताजनक बनेको छ । “यो अवस्था चासोको विषय हो,” उनले भने ।
युरोपेली क्षेत्रमा रसियालगायत २५ देशहरूमा बेलायतमा पहिलो पटक फेला परेका नयाँ प्रकारका कोभिड–१९ का विरामीहरू भेटिएका उनले बताए । “अहिलेसम्म हामी बुझ्छौं यस प्रकारले यो नयाँ रोगमा कुनै खास परिवर्तन आएको देखिएको छैन । त्यसैले अबका दिनमा पनि कोभिड–१९ कम गम्भीर समस्या हुने छैन,” क्लुगले भने ।
“हामी एकै साथ दुई कारणका लागि चिन्तित छौं पहिलो विश्वमा अझैपनि देखिएको यस प्रकारको उच्च प्रसारण दर र दोस्रो यसको खोपको अर्थ के हो भन्ने प्रश्न हो,” कुल्गले थपे । यद्यपि क्लुगले पनि आशावादी हुने हाधारहरू बाँकी रहेकोमा जोड दिए । “सन् २०२१ कोरोनाभाइरसको अर्को बर्ष हुनेछ तर यो नियनत्रणका लागि अधिक पूर्वानुमान गर्न सकिने वर्ष हुनेछ । आगामी दिनमा योजनावद्धरूपमा विश्व समुदाय प्रतिवद्ध बनेमा नियन्त्रण गर्न सजिलो हुनेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण