गीत
मुस्काउँ भनेथेँ भित्र भित्रै
शनिबार, ०३ माघ २०७७, ०९ : ५३
- इन्जिनियर राकेश कार्की
मुस्काउँ भनेथेँ भित्र भित्रै
बाहिरै तिमीले थाहा पायौ
यसै खुसी हुने बानी बस्यो
जब देखि दिलमा आयौ
ला---- ला-ला-ला-ला-- ला-ला-ला
सिरि सिरि हावा बिना
फूलको सुवास छैन
सुनौला किरण बिना
रविको प्रकाश छैन
त्यही सुवास त्यही प्रकाश
मेरो जिन्दगीमा फिजायौ
यसै खुसी हुने बानी बस्यो
जब देखि दिलमा आयौ
मुस्काउँ भनेथेँ भित्र भित्रै
बाहिरै तिमीले थाहा पायौ
नीलो गुन्यू पहेँलो चोलो
हरियालीको जवानी
कालो केश गुलाबी ओठ
क्षितिज भो बैजनी
मिसिदैगो साँझको रङ्ग
झुकि लालित्यले लजायौ
यसै खुसी हुने बानी बस्यो
जब देखि दिलमा आयौ
मुस्काउँ भनेथेँ भित्र भित्रै
बाहिरै तिमीले थाहा पायौ
यसै खुसी हुने बानी बस्यो
जब देखि दिलमा आयौ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण