कविता
उही दुई हजार सत्र
शनिबार, ०३ माघ २०७७, १२ : १७
-साकार बाबु सुवेदी
एक विहान
गरुडले विष ओकल्यो
सैंतीस अघिकै रहेछ
विष असंवैधानिक हो,
हाम्रो होइन
फैसला गरिदिए सर्पहरुले ।
सत्र पल्टाएको सत्ताले
सत्र सालमै पु¥यायो
अब
सत्र साल नै पल्टेपछि
सत्ता नै कहाँ रहन्छ र ?
सत्ताधीश महोदय
रहन्छ त केवल
अलपत्र परेको देश
टाउको माथिको श्रीपेच ।
कत्ति प्रेस गर्नुहुन्छ श्रीमान् ?
प्रेसलाई
त्यसकै प्रेसरले मात्र अडिएको छ
तपाईंको वेन्च
बारबाट वेन्च झिकेपछि
इजलास कहाँ रहन्छ र ?
न्यायाधीश महोदय
रहन्छ त केवल
लेनदेनको फिराद पत्र
अनि
उही दुई हजार सत्र ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण