आफैंभित्रका महाराज देख्न सकेनौ: योगेश भट्टराई
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका स्थायी समिति सदस्य योगेश भट्टराईले आफ्नै पार्टीभित्रका महाराजहरुलाई देख्न नसकेको स्वीकार गरेका छन् । उनले नेपालमा भएका पटक पटकका राजनीतिक क्रान्तिहरुले बाहिर देखिएका महाराजलाई फालेपनि आफ्नै पार्टी भित्रका महाराजहरुलाई देख्न र फाल्न नसकेकाले पुन आन्दोलन गर्नुपरेको बताए ।
मंगलबार काठमाडौमा प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले अवको क्रान्तिबाट महाराज शैलीका शासक नखोजेको बताए । ‘जारी आन्दोलनले अव यो क्रान्ति, संघर्ष र जागरणले हाम्रो छेवैमा भएका महाराजहरु रहदैनन् भन्ने संकल्प गर्नुपर्छ । कम्युनिस्ट पार्टीको नाममा अलोकतान्त्रिक शासनको जन्म भयो । यसको हिसाब किताब चुक्ता गर्नुपर्नेछ, पार्टी भित्रको व्यवस्था बदल्न नसक्दा पीडा भोग्नु परेको छ । विधान, संविधान र जनअधिकारको खिलाफमा जाने शासक जन्मदैन भन्ने संकल्प गर्नुपर्ने छ’ नेता भट्टराईको भनाई छ ।
संसद विघटनपछि दुईवटा पसल खुलेको भन्दै उनले दुःध विक्री गर्ने पसल वा रक्सी भट्टितिर जाने भन्ने निर्णय गर्ने बेला आएको पनि बताए । भट्टराईले नेकपाको मुल नेतृत्व प्रचण्ड र माधव नेपाल रहेको भन्दै यही पार्टी नै आधिकारिक भएकाले यसले समाजदउन्मुख व्यवस्थाका लागि पहल गरिरहेको बताए ।
कार्यक्रममा उनले नेपाल प्रेस संगठनबारे विभिन्न भ्रम फैलाइएको भन्दै स्थापनाकालका अग्रजहरु शम्भु श्रेष्ठ, बालकृष्ण चापागाई र ओम शर्माहरु रहेको संगठन नै आधिकारिक प्रेस संगठन भएकाले नअल्मलिन सदस्यहरुलाई सुझाव दिए । कार्यक्रममा अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ र माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण