सपथअघि बाइडेनले श्रीमतीलाई लेखे यस्तो सन्देश
एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सपथ लिन एक घण्टामात्रै बाँकी छ । नेपाली समयअनुसार १० बजेर ४५ मिनेट जाँदा उनी अमेरिकाको ४६ औं राष्ट्रपति बन्नेछन् । सपथका लागि बाइडेन र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस क्यापिटल हिलस्थित संसद् भवनमा आइसकेका छन् ।
बाइडेनसँगै उनकी पत्नी जिल बाइडेन पनि सपथ समारोहमा सहभागी हुन संसद् भवन आइसकेकी छिन् । संसद् भवन पुुगेर बाइडेनले जिलका नाममा ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘म तिमीलाई माया गर्छु जिली र यो यात्रामा तिम्रो साथभन्दा म धेरै आभारी हुन सक्दिंन ।’
यस ट्वीटसँगै उनले जीलको हात समातेर हिँडिंरहेको छोटो भिडियो पनि पोस्ट गरेका छन् । बाइडेनले सपथ लिएसँगै जिल अमेरिकीकी फस्र्ट लेडी बन्नेछिन् । बाइडेनको सपथ समारोहमा सरिक हुन पूर्व राष्ट्रपतिहरु बिल क्लिन्टन, जर्ज डब्ल्युु बुस, बाराक ओबामासहितका विशिष्ट अतिथिहरु पनि क्याटिपल हिल आइपुगिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण