बाइडेनको सपथपछि कुन देशको कस्तो प्रतिक्रिया ?
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई विश्वभरबाट बधाई सन्देश आइरहेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले बाइडेन प्रशासनसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । ‘म उनी र उनको नयाँ प्रशासनसँग मिलेर काम गर्नेमा छु । हाम्रो देशहरुबीच सहकार्य बलियो बनाउने तथा जलवायु परिवर्तनविरुद्धको लडाई, महामारी जितेर अघि बढ्ने र हाम्रो ट्रान्स एटलान्टिक सुरक्षालगायत साझा प्राथमिकतामा सहकार्य गर्नेबारे सोचिरहेको छु,’ जोनसोनले भने ।
त्यसैगरी भिडियो सन्देश जारी गर्दै जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टिनमिइयरले बाइडेन शीर्ष स्थानमा पुग्नु ‘प्रजातन्त्रका लागि राम्रो दिन’ रहेको बताए । युरोपेली कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लियेनले अमेरिका फर्किएको बताइन् । ‘पुुरानो र विश्वासिलो साझेदारसँग पुन जोडिन युुरोप तयार छ,’ उनले ट्वीटरमा लेखिन् ।
ट्वीटरमार्फत पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि बाइडेनलाई बधाई दिएका छन् । पाकिस्तान–अमेरिका सहकार्यलाई बलियो बनाउन बाइडेन प्रशासनसँग मिलेर काम गर्ने इमरानले उल्लेख गरेका छन् । इटली, मेक्सिको, कोस्टारिकालगायत देशबाट पनि बाइडेनलाई शुभकामना सन्देश प्राप्त भएको छ ।
ईरानका राष्ट्रपति हसन रौहानीले ट्रम्पको बर्हिगमनलाई क्रुर युुगको अन्त्य भनेका छन् । ‘कानून र प्रतिबद्धतामा बाइडेन प्रशासन फर्कने हाम्रो अपेक्षा छ । विगत ४ वर्षदखिको दाग मेटाउन (यदि सक्छन् भने) उनीहरुले प्रयास गर्ने अपेक्षा छ,’ रौहानीले भनेका छन् । रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले अमेरिकासँग रुसले राम्रो सम्बन्धको खोज ी गर्ने बताएका छन् । तर, अमेरिकाले पनि यस्तो गर्छ वा गर्दैन भन्ने विषय बाइडेन र उनको टिममा निर्भर रहने उनले बताएका छन् ।
त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि अमेरिकाको ४६ औं राष्ट्रपति भएकोमा शुभकामना दिँदै बाइडेनसँग भारत अमेरिकी रणनीतिक साझेदारीलाई सुदृढ पार्न मिलेर काम गर्ने बताएका छन् । ट्वीटरमार्फत उनले लेखेका छन्ः ‘अमेरिकाको लागि सफल कार्यकालको शुभकामना । हामी साझा चूनौतीहरुको सामना गर्न र विश्वव्यापी शान्ति र सुरक्षाका लागि एक साथ खडा हुनेछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण