जर्मनीमा ५० हजारभन्दा बढी कोरोना सङ्क्रमितको मृत्यु
एजेन्सी ।जर्मनीमा कोभिड–१९ सङ्क्रमित ५० हजारभन्दा बढीको मृत्यु भएको जर्मनीका रोबर्ट कोच इन्स्टिच्युट रोग नियन्त्रण केन्द्रले जानकारी गराएको छ । जर्मनी सङ्क्रमणका आधारमा विश्वको १० औँ बढी प्रभावित मुलुक हो ।
अमेरिका, भारत, ब्राजिल, रूस, बेलायत, फ्रान्स, स्पेन, इटाली र टर्की बढी कोभिड–१९ सङ्क्रमित रहेका मुलुकहरूको क्रमशः अग्र नौ स्थानमा रहेका छन् । एशियाली मुलुकहरूमा भारत, चीन, पाकिस्तान, बङ्गलादेश,जापान, कोरिया र लगायतका मुलुकहरूमा सङ्क्रमितको सङ्ख्या उच्च रहेको छ ।
जर्मनीमा पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेको सङ्ख्या ८५९ रहेको र अहिलेसम्म कोभिड–१९ सङ्क्रमपछि मृत्यु भएका व्यक्तिको सङ्ख्या ५० हजार ६४२ पुगेको पुष्टि केन्द्रले गरेको हो । जर्मनीमा सन् २०२० को सुरूदेखि नै सङ्क्रमित देखिएपनि वर्षको पहिलो छ महिनामा अन्य केही यूरोपेली मुलुकको तुलनामा सङ्क्रमण दर निकै कम रहेको थियो । जर्मनीमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २१ लाख १० हजारभन्दा माथि पुगेको छ ।
जर्मनीले पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण दरमा वृद्धि भएपछि नियन्त्रणका लागि आगामी फेब्रुअरी १४ सम्म आंशिक लकडाउन गर्ने घोषणा यस पहिले नै गरेको छ । यूरोपका कतिपय मुलुकहरूले अन्तर्राष्ट्रिय सीमानाका लाई खुला गर्ने निर्णय गरेपनि जर्मन चान्सलर एन्जेला मर्केलले सङ्क्रामक यो रोग नियन्त्रणमा आइनसकेको भन्दै तत्काल अन्तर्राष्ट्रिय सीमा नाका खोल्ने निर्णय गरेकी छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रीन मोबिलिटी फर टुरिजम प्रोस्पेरिटी’ विषयक अन्तरक्रिया गर्दै स्पार्क कार
-
हामी २००७ सालदेखि लडिरहेका छौँ, लडिरहन्छौँ : महत
-
एमाले दलका नेता ओलीमाथि आक्रमणको प्रयास भयो : रघुजी पन्त
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
मन्त्री रेखा शर्माको प्रश्न : कसैको बारेमा प्रश्न उठाइरहने, बोल्न नदिने भन्ने हुन्छ ?
-
एमाले अध्यक्ष ओलीप्रति धनराज गुरुङ आक्रामक