कविता : मेरो गाऊँ
-भुवन रोका “मित्रजी”
ए मित्र!
आउ एकैछिन्
यो डाँडाको भ्युटावरमा चढेर
यसको सयौँ तलामा बसेर
साइँला दाइको घरमुनिबाट
गुँडिरहेको रेल नियालौँ
निकै बढेको छ
मेरो गाऊँको चहल पहल
हेरन मित्र!
त्यो बगिरहेको नहर
पानीले छचल्किएको लहर
सबैको खेतबारीमा झुलेको रहर
अहो!
ठुल्दाइको त्यो स्याउ खेती
माथ्लाघरेको सुन्तला र नास्पती
तल्लाघरेको सिमखेतमा पहेलै धान
पल्लाघरेको बारीमा
ठूल्ठूला घोघा लागेका मकैका थान
ती झार जस्तै देखिने
गैरीगाउँको अलैची र चिया बगान
डाडाँघरे फारमका कुखुरा र कालीज
चौरीभरी चरिरहेका गाईभैसीका बथान
अझै सुन्दर
त्यो माझघरेको माछा पालन
निर्यात गर्नुछ यी सबै सबै
साइँला दाईको घरमुनी गुडिरहेको
त्यही रेलबाट
डाँडैडाँडा हुँदै शहरसम्म जोडिएको
केबलकारबाट
तलको नदीमा चल्ने
पानी जहाजबाट
नजिकैको हवाइअड्डामा उड्ने
हवाइजहाजबाट
त्यो चारलेनको चिल्लो सडकमा गुड्ने
बस र ट्रकबाट
यस्तै छ मेरो गाउँको चहल पहल
हेरन मित्र!
पर्यटकहरु निरन्तर चढिरहेछन् हिमाल
हेरिरहेछन् झरना र ताल
चलिरहेछन् उद्योग, कल-कारखाना
रोजगारीमा छन् सबै जना
बेचिरहेछ सिंगो बजार
साक्षी छ सुशासनको सरकार
कुदिरहेछन् कोही काममा
फर्किरहेछन् कोही कामबाट
यस्तै छ मेरो गाऊँको चहल पहल
हेरन मित्र!
हाम्रो जन-प्रतिनिधि
भर्खरै छिरेका छन् घरभित्र
सकेर काम खेतबारीको
गरेर समस्या समाधान वारिपारीको
अब जानुछ गाउँकै आविस्कार केन्द्र
अनि गर्नुछ निरीक्षण
जहाँ
हुनेछ संसारकै द्रुत गतिमा चल्ने
रेलको परीक्षण
हिजो मात्रै त गरेका थिए
नयाँ हेलिकप्टरको प्रदर्शन
केही दिन अगाडि मात्रै त बनाएका थिँए
कोरोनाको भ्याक्सिन
आज त
राष्ट्रपति पनि आउने रे
यस्तै छ मेरो गाऊँको चहल पहल
हेरन मित्र!
ब्यस्त पढिरहेछ बिद्यालय
सेवामा खट्टिरहेछ अस्पतालय
बगिरहेछ पानी घर-घरको धाराबाट
विद्युत पनि गाऊँकै कारखानाबाट
नियालिरहेछन् बा-आमाले संसार
घरमै बसेर
ब्यस्त गफ गरिरहेछन्
विदेशमा राजनीति कति फोहोर भनेर
व्यस्त रोइरहेछन्
विश्वमा भोकमारी देखेर
अनि
ब्यस्त खट्टिएका छन्
सहयोग उठाउन, जुटाउन
र त्यहाँ पठाउन
यस्तै छ मेरो गाऊँको चहल पहल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण