भारतका पूर्व सचिव भन्छन्, ‘अब भारत नेपालमा संवैधानिक राजतन्त्र र ४७ सालको संविधान पुनर्स्थापना गर्न लाग्नुपर्छ’
भारतका पूर्व अतिरिक्त सचिव एस रमेशले भारत आफ्नो पूर्व डक्ट्रिनमा फर्कदै नेपालमा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र र २०४७ सालको संविधान पुनर्स्थापनामा लाग्नुपर्ने सुझाव दिएका छन् । नेपालमा चीनको प्रभावलाई ‘चेक’ गर्न प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्नुभन्दा अब भारत नयाँ विकल्पको खोजी गर्नुपर्ने उनको भनाइ छ । यसका लागि उनले अफगानिस्तानका राजा जाहिर शाह र कम्बोडियाका नोरोडोम सिंहानुकको उदाहरणसमेत दिएका छन् ।
टेलिग्राफ इन्डिया डटकममा प्रकाशित लेखमा उनले यसका लागि नेपालको राजपरिवारबाट भारत कोमाथि भर पर्न सक्छ भन्ने प्रमुख प्रश्न रहेको जिकिर गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र नागरिकका रुपमा जीवन बिताइरहेको र पूर्वयुवराज पारसलाई जनताले राजा स्वीकार गर्न नसक्ने उनले उल्लेख गरेका छन् । यसअघि, गिरिजाप्रसाद कोइरालाले ‘बेबी किङ’ का रुपमा अघि सारेका हृदयेन्द्र उपयुक्त पात्र हुनसक्ने उनको ठम्याइ छ । हृदयेन्द्र १८ वर्ष पुगिसकेको र भारतीय राजपरिवारसँग पनि सम्बन्ध रहेको कारण उनी नेपालमा राजतन्त्र पुनर्स्थापनाका लागि उपयुक्त पात्र हुने उनको बुझाइ छ ।
नेपालमा पछिल्लो समय राजतन्त्र पुनर्स्थापनाको मागसहितको आन्दोलन देखिन थालेको बताउँदै नेपालभित्रबाट उठेको मागलाई भारतले यसलाई रोक्न नहुने उनले बताएका छन् ।
त्यस्तै, नेपालमा चिनियाँ राष्ट्रपति सी जिनपिङको आक्रामक कदम र कम्युनिस्ट सिद्धान्तको फैलावटलाई रोक्न धार्मिक कार्ड पनि अस्त्र हुनसक्ने उनले बताएका छन् । यसका लागि नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्व लिनुपर्ने उनको भनाइ छ ।
कुनै बेला चीन पनि राजदरवार निकट रहेको तथ्य औँल्याउँदै उनले नेकपाको पछिल्लो कलहपछि चीनले नेपालको मुडलाई अध्ययन गरिरहेको हुनसक्ने उनले बताएका छन् ।
पूर्वराजा ज्ञानेन्द्रलाई सत्ता छाड्न लगाउन करण सिंह नेपाल पुगेको स्मरण गर्दै उनले सिंहलाई पुनः काठमाडौँ पठाउनुपर्ने बेला आएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण