नीलो रङ्गको स्याल

एउटा जङ्गलमा छट्टु स्याल थियो । ऊ घुम्दै घुम्दै नजिकको सहरभित्र पस्यो । उसलाई देख्नेबित्तिकै भुस्याहा कुकुरहरुले लखेटे । भाग्दाभाग्दै ऊ नजिकैको एउटा घरभित्र पस्यो । त्यो घर धोबीको थियो । त्यहाँ धोवीले कपडा रङ्ग्याउन राखेको रङ्गका भाडाहरु थिए । त्यो स्याल रङ्गको एउटा भाँडाभित्र पस्यो । स्याललाई फेला पार्न नसकेर कुकुरहरु फर्किए । कुकुरहरू पर्किएपछि स्याल बाहिर निस्कियो । स्याल भाँडाबाट बाहिर निस्किँदा उसको पूरै शरीर रङ्ग पोतिएर नीलो भएको थियो ।
कुकुरहरुको आक्रमणबाट ज्यान बचेकोमा दङ्ग पर्दै स्याल जङ्गल फर्कियो । तर उसले जङ्गली जनावरका नौलो व्यवहार अनुभव गर्यो । उसलाई देख्नेबित्तिकै सबै जनावर भाग्न थाले । यथार्थ के थियो भने यस्तो नीलो रङ्गको अनौठो जनावर जङ्गलमा उनीहरुले कहिल्यै देखेका थिएनन् । त्यसैले उनीहरु डराएर भाग्न थालेका थिए ।
छट्टु स्यालका मनमा अनौठो विचार पलायो । उसले भाग्दै गरेका जनावरहरुलाई रोक्दै भन्यो– “तिमीहरु मसँग नडराओ । मलाई भगवानले विशेष कामका लागि बनाएका हुन् । उनले मलाई तिमीहरुको राजा बनाएर यस जङ्गलमा पठाएका हुन् ।”
अनौठो जनावरको यस्तो कुरा सुनेर जनावरहरुले पत्याए । जङ्गलका सबै जनावरहरुले उसलाई राजा माने । अब उसका सुखका दिन सुरु भए । दुःख नगरीकनै उनलाई बसीबसी खानेकुरा जम्मा हुन थाले । यो सुखसयलले उसमा कति घमण्ड बढ्यो भने उसले अरू स्याललाई गन्न र मान्न छाड्यो ।
एक दिनको कुरा हो, त्यो नीलो रङ्गको स्यालले जनावरहरुलाई आफू वरिपरि राखेर डिङ हाँकिरहेको थियो । त्यहीबेला अचानक केही स्यालहरु ठूलो स्वर निकालेर कराएको आवाज सुनियो ।
आफ्ना जातका साथीहरुको आवाज सुनेर त्यो नीलो स्याललाई पनि जोश आयो । उसले आफूले ढाँटेर जनावरहरुलाई मुर्ख बनाएको कुरा बिर्सियो । अनि ऊ पनि ठूलो स्वर निकालेर कराउन थाल्यो । नीलो रङ्गले छोपिएको त्यो अनौठो जनावर त स्याल पो रहेछ भनेर अरू जनावरले थाहा पाइहाले । उनीहरुले स्यालले आफूहरुलाई मुर्ख बनाएको कुरा पनि बुझे ।
अब स्यालको झुटो कुरा पत्ता लागिसकेको थियो । सबै जनावर मिलेर स्याललाई रामधुलाइ गरे । उनीहरुले स्याललाई जङ्गलबाट लखेटे ।
यसरी झुटो बोलेर अरूलाई मुर्ख बनाउन खोज्दा स्यालले सजाय पायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपतिको बालुवा उत्खननमा ४६ करोड भ्रष्टाचार (पूर्णपाठ)
-
भत्केको पुलमाथि फोटो खिचाएर फर्कियो भौतिकमन्त्री दाहालको टोली
-
सरकारको १११ बुँदे नीति तथा कार्यक्रमको प्राथमिकता के हो ?
-
बालेनले ‘सरी केपी ओली’ भन्दै फेसबुकबाटै फर्काए जवाफ
-
महिलाहरू घरभित्रै असुरक्षित
-
गोकर्णेश्वर हत्या प्रकरण : ५ जना अभियुक्त पक्राउ