बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

इन्डोनेसियाः यौन सम्बन्ध राखेको भन्दै दुई पुरुषलाई सार्वजनिक रुपमा कोर्रा हानियो

शुक्रबार, १६ माघ २०७७, ०८ : १४
शुक्रबार, १६ माघ २०७७

इन्डोनेसियाको रुढिवादी प्रान्त अचेईमा दुई पुरुषले यौन सम्बन्ध राखेको भन्दै सार्वजनिक रुपमा कोर्रा हानिएको छ । 

यी दुईले मास्क लगाएका एक अधिकारीबाट ७७ पटक कोर्रा खाएका छन् । उनीहरुलाई राजधानी बन्दा अचेईमा थुप्रै मानिसहरुको अगाडि कोर्रा हानिएको थियो । 

उनीहरुबारे छिमेकीले गत नोभेम्बरमा प्रहरीलाई जानकारी दिएका थिए । 

इन्डोनेसियाको एचेई एउटै मात्र प्रान्त हो जहाँ इस्लामिक कानून लागू छ । उनीहरुसँगै अन्य चारजनालाई पनि कोर्रा हानिएको थियो । यी चारजनाविरुद्ध जुवा तास खेलेको, रक्सी पिएको र विपरित लिङ्गीलाई भेटेको आरोप छ । 

मास्क लगाएका व्यक्तिले पिठ्यूँमा कोर्रा हान्दा २७ र २९ वर्षका यी दुई पीडाले निहुरेका थिए । 

सजायलाई केही बेरका लागि बीचमा राकेर यी दुईलाई पानी पनि खान दिइएको एएफपी समाचार एजेन्सीले बताएको छ । 

दुईमध्ये एककी आमा छोरालाई कोर्राले हानेको हेर्न नसकेर बेहोस भएकी थिइन् । 

त्यसै दिन एक महिला र पुरुषलाई निकै नजिक बसेको अवस्थामा भेटिएको भन्दै २० पटक कोर्रा हानियो ।  साथै अर्का दुई पुरुषलाई  मदिरापान परेको आरोपमा ४० पटक कोर्रा हानियो । 

यो सँगै अचेईमा समलिङ्गी पुरुषलाई सार्वजनिक रुपमा कोर्रा हानिएको तेस्रो घटना हो । 

मुस्लिम बाहुल्यता भएको देश इन्डोनेसियामा समलैङ्गिकता अवैध भने होइन  । तर सन् २००६ मा दशकौं लामो अलगाववादी युद्ध अन्त्यका लागि अचेईलाई सरिया कानून लागू गर्ने अधिकार  दिइएको थियो । 

त्यतिबेला अचेईका राजनीतिक नेताले सिरिया कानूनले धार्मिक अल्पसंख्यकको कानूनमाथि कुनै असर नपार्ने बताउँदै अन्तर्राष्ट्रिय मानवाधिकारको सम्मान गर्ने बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप