बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

झलनाथको टिप्पणी- ओली भष्मासुर र राष्ट्रघाती

शुक्रबार, १६ माघ २०७७, १६ : ००
शुक्रबार, १६ माघ २०७७

विराटनगर । नेकपा प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रघाती र भष्मासुर रहेको टिप्पणी गरेका छन् ।  शुक्रबार मोरङको विराटनगरमा आयोजित बृहत विरोध सभालाई सम्बोधन गर्दै बरिष्ठ नेता खनालले आफुहरु सडकमा रहरले आएको नभई बाध्यताले भएको बताए ।

‘हामी फेरि एकपटक सडकमा आएका छौ । किनभने प्रधानमन्त्री केपी ओलीजस्तो मान्छे यो देशमा जन्मियो, कम्युनिस्ट पार्टीमा जन्मियो, यो देशको प्रधानमन्त्रीका रुपमा जन्मियो तर त्यो मान्छे भष्मासुर रहेछ...’बरिष्ठ नेता खनालको भनाई छ । 

उनले देशमा गरिबी र अशिक्षा उन्मुलन गर्नुपर्ने बेलामा केपी ओलीका कारण सिंगो देश आन्दोलित बनेको भन्दै प्रतिकृयावादी ओली प्रवृत्तिलाई परास्त गर्दै नेकपालाई समाजवादी पार्टी बनाउनुपर्ने अहिलेको आवश्यक्ता रहेको बताए । उनले अहिलेको एकमात्र काम संसद पुनःस्थापना गर्नु रहेको बताउँदै प्रचण्ड नेपाल पक्षले नेतृत्व गरेको नेकपामा दुई तिहाई पार्टी सदस्य रहेको दाबी गरे ।

त्यसैले निर्वाचन आयोगले संविधान बमोजिम आफ्नै पार्टीलाई आधिकारिकता दिने विश्वास उनले व्यक्त गरे । त्यस्तै उनले सर्वोच्च अदालतले कानुन बमोजिम सर्वोच्चमा परेको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सहि निर्णय गर्ने भन्दै अदालतप्रति आफुहरुले सम्मान गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप