यूएईले यस्ता विदेशीलाई नागरिकता दिने
संयुक्त अरब इमिरेट्स (यूएई) ले होनहार विदेशीलाई आफ्नो नागरिकता दिने घोषणा गरेको छ । त्यस्ता होनहार विदेशी जसले खाडीको यो देशलाई आफ्नो योगदानले थप उत्कृष्ट बनाउन सकून् ।
यूएईका उप–राष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रशीद अल मकतूमले देशका नागरिक बन्ने योग्यता राख्ने क्षमतावान् विदेशीमा लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकार र विशेष क्षमता भएका व्यक्तिलाई देशको नागरिकता दिइने जानकारी दिए ।
उनीहरुका अनुसार होनहार विदेशी र उनका परिवारका सदस्यले दोहोरो नागरिकता राख्न सक्नेछन् ।
दुबईका शासक शेख मोहम्मद बिन रशीद अल कमतूम जुन कडा शर्तसहित विदेशीलाई यूएईको नागरिकता दिने कुरा गरिरहेका छन्, त्यसमा कम आयस्रोत भएका मानिसहरु सायदै अटाउन सक्लान् ।
We adopted law amendments that allow granting the UAE citizenship to investors, specialized talents & professionals including scientists, doctors, engineers, artists, authors and their families. The new directives aim to attract talents that contribute to our development journey.
— HH Sheikh Mohammed (@HHShkMohd) January 30, 2021
शेख मोहम्मद बिन रशीद अल मकतूमका अनुसार यसको उद्देश्य ती मानिसहरुलाई आकर्षित गर्नु हो जसले ‘हाम्रो विकास यात्रामा योगदान’ दिन सकून् ।
यसका लागि भिन्न कुनै आवेदन प्रक्रिया हुने छैन । यूएईका शाही व्यक्ति र अधिकारीले कुनै विदेशी नागरिकलाई नागरिकता दिनका लागि नामांकन गर्नेछन् । यसका लागि यूएईको त्यसलाई मञ्जुरी दिने नदिने भनेर मन्त्रीमण्डलले निश्चित गर्नेछ ।
यो पहल यस्तो समयमा गरिएको हो जब कोरोना महामारी र तेलको कम मूल्यका कारण हज्जारौं विदेशले यूएई छोडेर गइसकेका छन् ।
अबुधाबीबाट निस्कन पत्रिका ‘द नेशनल’ का अनुसार यो नयाँ व्यवस्थाले विशेष क्षेत्रका विशेषज्ञ र विदेशी लगानीकर्तालाई यूएईमा आफ्नो जरा गाड्ने मौका पाउनेछन् ।
कम आयस्रोत भएकालाई नजरअन्दाजः
बीबीसीका अरब अफेयर्स एडिटर सेबस्टियन अशरका अनुसार आर्थिक र पर्यटन केन्द्रको हिसाबले संयुक्त अरब इमिरेट्स विदेशीमा निर्भर छ । त्यहाँ बस्ने बहुसंख्यक जनसंख्या विदेशीका नै छ जो वर्कफोर्समा ९० प्रतिशभन्दा बढी छन् ।
विदेशी कामदारलाई धेरैजसो रिन्यूबल भिसा दिइन्छ जुन थुप्रै वर्षसम्म मान्य रहन्छ र रोजगारसँग जोडिएको हुन्छ ।
कम आयस्रोत भएका श्रमिकले संयुक्त अरब इमिरेट्सको अर्थव्यवस्था बनाउन महत्वपूर्ण भूमिका निभाएका छन् । यी ती मानिसहरु नै हुन् जसले निर्माण, सेवा सत्कार, रिटेल र ट्राभल सेक्टरमा काम गर्छन र त्यहाँबाट कमाएको धनलाई आफ्नो घरमा पठाएर आफन्तको मद्दत गर्छन् ।
यीमध्ये धेरैजना थुप्रै वर्षदेखि संयुक्त अरब इमिरेट्समा बसिरहेका छन् तर उनीहरुले नागरिकता हासिल गर्न सकेका छन् जसका कारण उनीहरुले सामाजिक सुरक्षा सम्बन्धित फाइदा पाउँदैनन् ।
संयुक्त अरब इमिरेट्समा कम आयस्रोत भएकाहरुलाई सधैं नजरअन्दाज गरिन्छ भने लगानीकर्ता, विद्यार्थीका लागि लामो समयसम्म रहनका लागि प्रस्ताव दिइने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण